पलेसालाई सम्मान गर्दै गण्डकी तेक्वान्दो संघ

समाधान संवाददाता २०८१ भदौ २८ गते १२:३४

पोखरा ।
गण्डकी प्रदेश तेक्वान्दो संघको आयोजना एवं कास्की जिल्ला तेक्वान्दो संघको सहयोगमा पेरिस पारा ओलम्पिक २०२४ मा ऐतिहासिक कांस्य पदक दिलाउन सफल पलेसा गोवर्धन र प्रशिक्षक कविराज नेगी लामालाई सम्मान गर्ने भएको छ ।

Advertisement


पोखरा रंगाशालमा आइतबार बिहान ७ः३० बजे विशेष कार्यक्रमको आयोजना गरी पलेसा र कविराजलाई सम्मान गर्न लागिएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा हुने सो कार्यक्रममा प्रदेश सरकारका तर्फबाट समेत मुख्यमन्त्री पाण्डेले नगद तथा सम्मान–पत्रबाट सम्मान गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष जगनबहादुर गुरुङले बताए । उनले पलेशा र प्रशिक्षक कविराजलाई इच्छुक संघसंस्था एवं प्रतिष्ठानले नगदसहित सम्मान गरिदिन आग्रह गरेका छन् ।

Advertisement


कार्यक्रममा सामाजिक विकास तथा खेलकुदमन्त्री विन्दुकुमार थापा र पोखरा महा–नगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी प्रदेश खेलकुद परिषद् र महानगरका विभिन्न वडा र पोखरास्थित संघसंस्था, उद्योग व्यवसायी लगायत खेलकुदप्रेमीहरुले समेत आर्थिक रुपमा पेलसा र प्रशिक्षक कविराजलाई सम्मान गर्ने आयोजक संस्था गण्डकी प्रदेश तेक्वान्दो संघका महासचिव रमेश पौडेलले जानकारी दिए ।


सम्मान कार्यक्रमका लागि विभिन्न खेलसंघ र खेलाडीहरुबिच छलफल भएको तयारी तिव्र पारिएको जिल्ला अध्यक्ष कुमार गुरुङले जानकारी दिए । पलेसाले पेरिस पारा ओलम्पिकमा तेक्वान्दोको ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कांस्य पदक जितेकी हुन् ।

Advertisement


यसअघि नेपाल तेक्वान्दो संघले पलेसालाई १० लाख र प्रशिक्षक कविराजलाई ३ लाख नगदसहित सम्मान गरिसकेको छ । नेपाल सरकारबाट ६५ लाख नगद सहित सम्मान गर्ने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया