बागलुङमा भएको गाडी दुर्घटनामा गापा उपाध्यक्षको निधन
समाधान संवाददाता
२०८१ भदौ २९ गते १३:३७

बागलुङ, २८ भदौ
बागलुङमा भएको गाडी दुर्घटनामा रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भूपेन्द्रा बुढासहित ३ जनाको मृत्यु भएको छ । रा १ झ २०० नम्बरको सरकारी गाडी शुक्रबार बिहान पौने ९ बजेतिर बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा दुर्घटना भएको थियो । उक्त गाडीमा पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भूपेन्द्रा बुढा र केही कर्मचारीहरु सवार थिए ।
दुर्घटनामा जिप चालक भूमे गाउँपालिका वडा नम्बर ३ का प्रेम पुन घाइते भएका छन् । काठमाडौंबाट फर्कदै गरेका उनीहरू सवार जिप बागलुङमा दुर्घटनामा परेको हो । उपाध्यक्ष बुढा गत भदौ १८ गते आमालाई लिएर उपचारका लागि काठमाडौं गएकी थिइन् । दुर्घटनामा उपाध्यक्षकी आमाको पनि निधन भएको छ ।
सम्बन्धित







सरकार र ‘जेनजी’ बीच ऐतिहासिक १० बुँदे सम्झौता : पूर्ण विवरणसहित
कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
पश्चिमाञ्चल मावि कानुन संकायका विद्यार्थी लमजुङका गाउँमा
एन प्याब्सन ‘दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव–२०८२’ सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया