पोखरा उद्योग वाणिज्य संघमा मतदान हुँदै

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघको ३५ औँ महाधिवेशन शुक्रबारदेखि सुरु भएको छ । दुई दिनसम्म चल्ने महाधिवेशनमा शुक्रबार अध्यक्षको प्रतिवेदनसहित संघले दुई वर्षभित्र गरेका कामको प्रतिवेदन प्रस्तुत गरिएको छ । महाधिवेशनमा भोली निर्वाचन हुने छ ।
महाधिवेशन उदघाटन समारोहमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अब आउने नयाँ कार्यसमितिले पनि संघको मर्मलाई बुझेर हाल व्यवसायीहरुले भोगिरहेको विभिन्न समस्याको समाधानका लागि समन्वयकारी भुमिका निभाउनु पर्ने बताए । उनले पोखरा महानगरपालिका विगतदेखि नै निजि क्षेत्रसँग सहकार्य गर्दै यहाँको आर्थिक सामाजिक र सांस्कृतिक पक्षलाई प्रवद्र्धन गर्न सहयोग गर्दै आएकोले आगामी दिनमा पनि यो सहकार्य निरन्तर रहने उल्लेख गरे ।
संघका अध्यक्ष पवनकुमार प्रजापतिले दुई वर्षको अवधिमा गरेका कामहरु बारे जानकारी दिँदै आफ्नो कार्य सफलतापूर्वक वितेको संकेत गरे । उनले आफ्नो कार्यकालभित्र २ संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला सफलतापूर्वक सम्पन्न गरेको तथा विभिन्न संघसंस्थाहरुसँग मिलेर व्यावसायिक हित तथा सामाजिक उत्तरदायित्व सम्बन्धी काम गरेको बताए । अध्यक्ष प्रजापतिको कार्यकालभित्र भएका कार्यविवरणमा सदस्यहरुको दुर्घटना बिमा तथा विभिन्न क्षेत्रमा छुट सुविधासमेत उल्लेख छ ।
पोखरा उद्योग वाणिज्य संघको ३५ औँ महाधिवेशनले भोली नयाँ नेतृत्व चयन गर्ने गर्दैछ । आज हुने चुनावमा पूर्व महासचिव अर्जुन पोखरेल तथा वर्तमान वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की अध्यक्षका लागि चुनावी मैदानमा छन् । नेतृत्वका लागि कार्की प्यानल नबनाई लड्दै छन् भने पोखरेल प्यानलसहित चुनावी मैदानमा छन् । कार्की अहिलेको कार्यसमितिका वरिष्ठ उपाध्यक्ष हुन् भने पोखरेल २ वर्षअघि भएको ३४ औं अधिवेशनमा अध्यक्षका प्रत्यासी हुन् ।
३४ औं अधिवेशनमा कार्की हरिहर सापकोटालाई पराजित गरी वरिष्ठ उपाध्यक्ष बनेका थिए भने पोखरेल अहिलेका अध्यक्ष पवन प्रजापतिसँग पराजित भएका थिए । आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष, उद्योग उपाध्यक्ष, महासचिव र कोषाध्यक्षमा र वाणिज्य उपाध्यक्ष निर्विरोध भएको छ । वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दिनेश बास्तोला, कोषाध्यक्ष मनोजकुमार श्रेष्ठ र वाणिज्य उपाध्यक्ष बलराम आचार्य सर्वसम्मत बनेका हुन् । बुद्धाचार्य हालका वाणिज्य उपाध्यक्ष, बास्तोला कोषाध्यक्ष, आचार्य महासचिव र श्रेष्ठ कार्यसमिति सदस्य हुन् ।
उपमहासचिवमा वर्तमान कार्यसमिति सदस्य बालकृष्ण कोइराला र सुदीप प्रधानांगबीच प्रतिस्पर्धा हुँदै छ । पदाधिकारी निर्विरोध हुँदा कर्पोरेटतर्फ कार्यसमिति सदस्यमा वन्दना कार्की केसी र रामप्रसाद कँडेलको मात्र उम्मेदवारी परेको छ । उनीहरु यसअघि पनि कर्पोरेटबाट कार्यसमिति सदस्य थिए ।
औद्योगिक सदस्यमा एकनारायण गौतम निर्विरोध निर्वाचित भएका छन् । ४ जनाको वस्तुगत सदस्यका लागि ७ जनाको उम्मेदवारी परेको छ । वस्तुगतका लागि दुर्गा बराल, नवीन नापित, पूर्णशोभा गुरुङ, पृथ्वीराज तिमिल्सिना, सूर्यराज घिमिरे (सुरेश), दीपेन्द्र कोइराला र लालप्रसाद ढकालले उम्मेदवारी परेको छ ।
प्रत्यक्ष निर्वाचित हुने १० जना कार्यसमिति सदस्यहरुका लागि १४ जना मैदानमा देखिएका छन् । कार्यसमिति सदस्यका निम्ति देवेन्द्र प्रजु, टीकाराम सुवेदी (माधव), ललितजंग कुँवर, भीम गौतम, प्रेमप्रसाद सुवेदी, सौगात थापा, यादवप्रसाद पोखरेल, जीवनप्रकाश श्रेष्ठ, दूधमान गुरुङ (आशीष), लेखनाथ सुवेदी, रामचन्द्र तिमिल्सिना, विष्णुप्रसाद तिमिल्सिन, विनोद केसी र प्रदीपराज राजभण्डारीले उम्मेदवारी परेको छ । १४ जनाबाट १० जना चुनिनेछन् ।









कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
पोखरामा हस्तकला तथा गार्मेन्ट मेला
१ लिटर दूधमा १० रुपैयाँ अनुदान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया