विनालाई पुरस्कार
समाधान संवाददाता
२०८१ भदौ २९ गते १३:४४
पोखरा ।
नारी उत्थान दिदीबहिनी समाजसेवा पुरस्कार २०८१ बाट विना सिलवाल सम्मानित हुने भएकी छन् । पोखराकाृ छोरेपाटनस्थित नारी उत्थान दिदीबहिनी समूहद्वारा स्थापित सो पुरस्कार गत वर्षदेखि प्रदान गर्न थालिएको हो ।
प्रतिभा छनोट समिति संयोजक माधव वियोगीको अध्यक्षतामा बसेको समितिको बैठकले सिफारिश गरे अनुसार बिहीबार बसेको नारी उत्थान समूहको बैठकले सो निर्णय गरेको हो । छनोट समितिमा संस्थाकी अध्यक्ष जानुका पौडेल, प्रमुख संरक्षक सरिता घिमिरे र सल्लाहकार अधिवक्ता जानकी शर्मा सदस्य छन् ।
कापिला नेपालसहित विभिन्न सामाजिक संघ, संस्थामा सिलवाल ४० महिला अधिकारको क्षेत्रमा क्रियाशील छन् । गत वर्ष यो पुरस्कार पत्रकार एवं अभियन्ता सुष्मा पौडेलले पाएकी थिइन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया