गण्डकीमा इन्जिनियर एसोसिएसन चुनाव
एमाले माओवादीसहितको गठबन्धनलाई कांग्रेसले बढार्यो

पोखरा ।
नेपाल इन्जिनियर एसोसिएसन गण्डकीको अध्यक्षमा सन्तोष जिसी निर्वाचित भएका छन् । दुई दिनसम्म चलेको अधिवेशनमा जिसीले ५ सय ९२ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी महेन्द्रबहादुर गोदारले ४ सय ७६ मत ल्याएका हुन् ।
जिसी कांग्रेस निकट हुन् । उनी सिडेनका तर्फबाट चुनावी मैदानमा थिए । सिडेन कांग्रेसको शुभेच्छुक संगठन हो । सिडेनबाट उम्मेदवार बनेका सबैले चुनाव जितेका हुन् । जिसीसँग पराजित हुने महेन्द्र गोदार एमाले निकट हुन् । उनी प्रोग्रसिभ टिमबाट निर्वाचनमा होमिएका थिए । प्रोग्रेसिभ एमाले निकट संस्था हो । प्रोग्रसिभका गोदारलाई माओवादी र एकीकृत समाजवादी निकट इन्जिनियरहरुको साथ थियो । यद्यपि एमाले माओवादीसहितको गठबन्धन कांग्रेससँग पराजित भएको छ । कांग्रेस एक्लैले सबै पदमा क्लिन स्वीप पारेको हो ।
केन्द्रीय सदस्यमा सिडेनका अबित केसी विजयी भए । उनले ६०६ मत पाउँदा निकटतम प्रतिस्पर्धी रामचन्द्र पोखरेलले ४३९ मत पाए । प्रदेशको उपसभापतिमा विशाल थापा ६६८ मत ल्याएर विजयी भए भने निकटतम् प्रतिद्वन्द्वी कृष्ण रिजालले ३९० मत ल्याए ।
सचिवमा पनि सिडेनकै निरोज लामिछाने ६०६ मत सहित विजयी भए भने प्रतिद्वन्द्वी आनन्द भट्टराईले ४४२ मत पाए । सहसचिवमा पनि सिडेनकै मञ्जु शिलाकार ५२४ मत ल्याएर विजयी भइन् । उनका प्रतिस्पर्धी अस्मिता खनालले ५२१ मत पाइन् । कोषाध्यक्षमा विश्वास आचार्य निर्वाचित निर्वाचित भएका छन् भने उनीसँग सोवित श्रेष्ठ पराजित भइन् । सदस्यहरुमा महेन्द्र पौडेल, सक्षम अधिकारी, सञ्जयराज तिमिल्सिना, रोचक क्षेत्री, धु्रव रेग्मी, निरोज घिमिरे, लालबहादुर खत्री, मनोज गिरी, रमेश भट्ट र सुमन शर्मा विजयी भए ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया