पोउवा संघको मत गणना हुँदै, पहिले सदस्य र अन्तिममा अध्यक्षको परिणाम आउने
समाधान संवाददाता
२०८१ भदौ ३० गते ७:४६

पोखरा ।
पोखरा उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि अब केही बेरमा मत गणना सुरु हुँदैछ ।
निर्वाचन समितिका संयोजक कृष्णमोहन श्रेष्ठका अनुसार ८ बजेबाट गणना सुरु गर्ने तयारी छ ।
पहिले सदस्यहरुको र सदस्यको गणना सकिएपछि पदाधिकारीको गणना गरिने संयोजक श्रेष्ठले समाधानलाई बताए । अन्तिममा अध्यक्षको र सचिवको परिणाम आउनेछ ।
शनिबार बिहानैबाट सुरु भएको मतदानमा २२ सय ५१ मत खसेको जनाइएको छ । जबकी पोखरा उद्योग वाणिज्य संघको मतदाताको संख्या २९ सय ७ जना छ ।
मतदानमा करिब ७ सय जना गयल भएका निर्वाचन मण्डलले जनाएको हो ।
संघको अध्यक्षका लागि गोकर्ण कार्की र अर्जुन पोखरेलबिच प्रतिस्पर्धा छ भने सचिवमा बालकृष्ण कोईरला र सुदीपमान प्रधानाङ्ग भिडेका छन् ।
१० जना सदस्यका लागि १४ जना चुनावी मैदानमा छन् ।
सम्बन्धित








४ महिनामा करिब ७ खर्ब रेमिट्यान्स भित्रियो
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
मिस तामाङ पोखरा सुरु, तामाङ समुदायका १२ युवती सहभागी
भान्साको मिक्सरबाट सुरु भएको ‘मामुछोरी’ को लोभलाग्दो उद्यम यात्रा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया