ढाकाकुमार थप ३ दिन थुनामा

पोखरा ।
लागुऔषध बिक्री गरेको आरोपमा पक्राउ परेका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई थप अनुसन्धान गर्न म्याद थप गरिएको छ ।
लागुऔषधसहित पक्राउ परेका एक युवकले उक्त लागुऔषध श्रेष्ठको औषधी पसलबाट खरिद गरेको अदालतमा वयान दिएपछि उनलाई पक्राउ गरिएको थियो । श्रेष्ठमाथि थप अनुसन्धान गर्न ३ दिन म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।
३ साउनमा प्रहरीले रोल्पा घर भई पोखरा बस्ने ४२ वर्षका प्रकाश थापामगरलाई लागुऔषध ट्रपाइन ९७ चक्कीसहित पक्राउ गरेको थियो । थापामगरले उक्त औषधी पोखरा महानगरपालिका ९ पृथ्वीचोकस्थित रहेको दिया फार्मेसीबाट खरिद गरेको बयान दिएका थिए ।
जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गरेपछि बिहीबार प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो । २०७९ को आमनिर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक सांसद बनेका श्रेष्ठ मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग रकम मागेको अडियो सार्वजनिक भएपछि विवादमा आएका थिए । पछि रास्वपाले उनलाई पदमुक्त गरेको थियो ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया