विपद व्यवस्थापन सिकाइयो

पोखरा ।
नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले शनिबार पोखरा महानगरपालिका स्तरीय विपद् व्यवस्थापन प्रशिक्षण आयोजना गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी पोखरा १९ उपशाखाका व्यवस्थापनमा भएको कार्यक्रममा जिल्ला शाखाका पदाधिकारी तथा सदस्य, ३३ उपशाखा र पोखरा महानगरपालिकाका वडा कार्यालयका गरी ७० जना सहभागी रहेको शाखाका सभापति डण्डराज शर्मा पौडेलले जानकारी दिए ।
कार्यक्रममा पोखरा महानगरपालिका विपद् शाखाका प्रमुख सुरेन्द्र शर्मा, रेडक्रस सोसाइटी कास्कीका कार्यालय प्रमुख मोहनसिंह खड्काले विपद् व्यवस्थापनमा वडा कार्यालय तथा उपशाखाको काम कर्तव्य र भूमिकाबारे सहजीकरण गरे ।
कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य भीम कार्कीले प्राकृतिक प्रकोपका अलावा मानव सिर्जित गतिविधि तथा क्रियाकलापले विपद्का घटना बढेको बताए । ‘विना इन्जिनियरिङ निर्माण गरिएको सडक पूर्वाधारले विपद्का घटना बढेका छन्,’ उनले भने, ‘खोला नालामाथिका अतिक्रमण तथा प्राकृतिक सम्पदाको दोहनले समुदाय स्तरमा विपद् जोखिम बढिरहेको छ ।’
उनले आपत विपद्को बेलामा गर्ने रेडक्रसको सेवा प्रभावकारी भएको उल्लेख गरे । विपद्का घटनामा राहत उद्धारको काम विना कुनै भेदभाव गर्नुपर्ने उल्लेख गर्दै उनले मानवता, सेवा उद्धारको काम निश्पक्षताको सवालमा रेडक्रसले साँचो अर्थमा शिक्षा प्रदान गरेको जनाए । नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका सभापति सूर्यप्रसाद ढकालले प्राकृतिक प्रकोप लगायत विपदजन्य घटनामा रेडक्रसले प्रभावकारी ढंगले काम गरेको जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति पौडेलले मातहतका उपशाखालाई सक्षम बनाएर विपद् व्यवस्थापनको क्षेत्रमा काम गरेको बताए । रेडक्रस विपद्को साथी भएको उल्लेख गर्दै उनले रेडक्रसकर्मीको क्षमता अभिवृद्धि गर्न सके विपद् व्यवस्थापनमा सहयोग पुग्ने चर्चा गरे ।
कार्यक्रममा रेडक्रस कास्कीका उपसभापति तथा विपद् व्यवस्थापन समितिका संयोजक उर्मिला खड्का भण्डारीले यो वर्ष बढी वर्षात भएकाले विपद् व्यवस्थापनका लागि सरोकारवाला निकायले सक्रियतापूर्वक काम गर्नुपर्ने बताइन् । रेडक्रस सोसाइटी कास्की शाखा तथा मातहतका उपशाखाबीच काममा एकरुपता ल्याउन कार्यक्रम गरेको जानकारी दिँदै उनले कास्कीका सबै पालिकामा विपद् व्यवस्थापनको क्षेत्रमा काम गर्ने उल्लेख गरिन् ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पोखरा १९ उपशाखाका सभापति नवराज पौडेल, उपसभापति पवित्रा पौडेल, सचिव हुमनाथ आचार्य, कार्यसमितिका सदस्य तथा कार्यक्रम संयोजक रमेश विश्वकर्मा लगायतले विपद् व्यवस्थापनबारे धारणा राखेका थिए ।









यस्तो छ कांग्रेसको समानुपातिक सूची आयोगमा : अर्जुननरसिंहदेखि राष्ट्रपतिकी छोरीसम्म (सूचीसहित)
ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया