सामुदायिक सेवा केन्द्र बगरमा राम

समाधान संवाददाता २०८१ भदौ ३० गते १०:५९

पोखरा ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखर १ बगरको शनिबार भएको २१ औं वार्षिक साधारण सभा तथा अधिवेशनले अध्यक्षतमा रामप्रसाद अधिकारीलाई निरन्तरता दिएको छ ।

Advertisement


समिति उपाध्यक्षमा दुर्गादत्त भुगाई, सचिव कृष्णबहादुर तामाड्ड, कोषाध्यक्ष कमलप्रसाद बास्तोला र सहसचिवमा बाबुराम भण्डारी छन् । सदस्यमा हरिदेवी पराजुली, रामबहादुर लामिछाने, ऋषिराम भट्टराई, कृष्णप्रसाद दाहाल, वलराम अधिकारी, रजनी शर्मा चपाई, लक्ष्मी शर्मा र प्रकाशचन्द्र सापकोटा छन् ।


निर्वाचन समितिका संयोजक हरिप्रसाद अधिकारी तथा सदस्य बैकुण्ठ अधिकारी र सुनिता देवकोटाले निर्वाचित पदाधिकारी तथा सदस्यलाई सपथ गराए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापालाई दोसल्ला ओढाई सम्मान सम्मान गरिएको थियो ।

Advertisement


उत्कृष्ट कार्यसमिति सदस्यतर्फ सदस्य कृष्णप्रसाद दाहाल र ज्येष्ठ नागरिकतर्फ आजीवन सदस्य सुरेन्द्रमान बिजुक्छेकी आमा तारादेवी बिजुक्छेलाई सम्मान गरिएको थियो । त्यस्तै, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा वगरका इन्चार्ज प्रहरी हवल्दार गौतम कुमार हायू र सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका प्रहरी सहायक हवल्दार भीमप्रसाद काफ्लेलाई नगद र प्रशंशा पत्र प्रदान गरिएको थियो ।


१० जोड २ तर्फ संस्थामा आवद्ध सदस्यका छोराछोरीमध्ये आजीव्न सदस्य कल्पना आचार्य बास्तोला र ईश्वरीप्रसाद बास्तोलाका छोरा कृतन र आजीवन सदस्य रामप्रसाद अधिकारीकी नातिनी आकृति अधिकारीलाई नगदसहित प्रशंशा पत्र प्रदान गरियो ।
कार्यक्रममा कास्कीका प्रहरी प्रमुख थापाले वगर सामुदायिकका गतिविधि उत्कृष्ट रहेको उल्लेख गरे ।

Advertisement

‘जिल्ला प्रहरी कार्यालय कास्कीमा रहदा यस संस्थाले गरेका हरेक गतिविधि नजिकबाट नियाल्ने अवसर मिल्यो, जसले समुदाय र प्रहरीलाई जोड्ने काम गरेको छ,’ उनले भने, ‘यस संस्थाको सक्रियता अरु संस्थाले पनि सिक्न जरुरी छ ।’


माछापुच्छ्रे गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले संस्थाले गर्ने हरेक गतिविधिमा पालिकाले सघाउने वाचा गरिन् ।

सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा वगरका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगर पालिका वडा नं. १ का वडा अध्यक्ष साहारा प्रधान, सामुदायिक प्रहरी सेवा जिल्ला समन्वयका प्रथम उपाध्यक्ष तथा बगरका पूर्व अध्यक्ष मनपति भण्डारी, सामुदायिक सेवा केन्द्र बगरकी संस्थापक अध्यक्ष सीता गुरुङ, निवर्तमान अध्यक्ष रामभूषण पराजुली, आजीवन सदस्य चिजकाजी गुरुङ, सामुदायिक सेवा केन्द्र पृथ्वीचोक उपाध्यक्ष मुनाकुमारी बास्तोला, नमुना आमा समूहकी अध्यक्ष विष्णुकुमारी बास्तोला र सामुदायिक सेवा केन्द्र वगरका सचिव शिवराज अधिकारीले बोलेका थिए ।

तपाईको प्रतिक्रिया