पोखरा उद्योग बाणिज्य संघमा मतगणना सुरु
समाधान संवाददाता
२०८१ भदौ ३० गते ११:२९
पोखरा ।
पोखरा उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको मतदानको मत गणना सुरु भएको छ ।
मतदानमा २२ सय ५१ मत खसेको निर्वाचन समितिका संयोजक कृष्णमोहन श्रेष्ठले जानकारी दिए ।
संघको अध्यक्षका लागि गोकर्ण कार्की र अर्जुन पोखरेलबिच प्रतिस्पर्धा छ भने सचिवमा बालकृष्ण कोईरला र सुदीपमान प्रधानांग भिडेका छन् ।
१० जना सदस्यका लागि १४ जना चुनावी मैदानमा छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया