सिद्धार्थ बैंकद्वारा पोखरा विश्वविद्यालय अस्पताललाई सहयोग
पोखरा ।
सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेश, कास्की जिल्लामा अवस्थित पोखरा विश्वविद्यालय शिक्षण अस्पताललाई अपरेशन थिएटर टेबल हस्तान्तरण गरेको छ । उक्त टेबल बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाले विश्वविद्यालयका रजिस्ट्रार प्राडा दीपकबहादुर भण्डारीलाई हस्तान्तरण गरेका हुन् ।
उक्त कार्यक्रममा बैंकको तर्फबाट बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडिया, सञ्चालक समितिका सदस्य दिनेशशंकर पालिखे, बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल लगायतको उपस्थिति थियो । कार्यक्रममा पोखरा विश्वविद्यालय शिक्षण अस्पतालाका निर्देशक डा. दीपेन्द्रकुमार यादव लगायतको पनि उपस्थिति थियो । यस सहयोगले बिरामीहरूले उच्च स्तरीय उपचार सेवा पाउनेछन् भन्ने विश्वास बैंकले लिएको केडियाले जनाए ।
अमरसिंह माविलाई भवन
सिद्घार्थ बैंक लिमिटेडद्वारा अमरसिंह माध्यमिक विद्यालयको दृष्टिविहीन शाखामा निर्माण गरिएको बहुउद्देश्यीय हल विद्यालयललाई हस्तान्तरण गरेको छ । उक्त हलको उद्घाटन बैंक सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडिया तथा विद्यालयका अध्यक्ष कृष्णप्रसाद कोइरालाद्वारा गरिएको छ ।
मावि बैंकले उक्त हल निर्माण गर्नुका साथसाथै विद्यालयललाई २० थान कम्प्युटर तथा अन्य आवश्यक उपकरणहरु जस्तै सोलार, युपिएस र ब्याट्री पनि प्रदान गरेको छ । सहयोगले दृष्टिविहीन विद्यार्थीहरूको आवश्यकतालाई पूरा गर्दै उनीहरुको आत्मविश्वासमा पनि वृद्धि ल्याउने छ भन्ने विश्वास लिएको छ ।
विद्यालयलाई प्रदान गरिएका कम्प्युटरहरु मार्फत विद्यार्थीहरुलाई आधुनिक प्रविधिमा पोख्त्त बनाउन, शैक्षिक सामग्री अनलाइनमार्फत प्राप्त गर्न, प्राविधिक सीपलाई बढाउन केही हदसम्मा भए पनि मद्दत पुर्याउनेछ भन्ने विश्वास बैंकले लिएको छ । बैंकले आफ्नो स्थापनाकालबाट नै विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको छ ।
तपाईको प्रतिक्रिया