गुरुङ फिल्म एसोसिएसनमा राजबहादुरको नेतृत्व

समाधान संवाददाता २०८१ भदौ ३० गते १६:०३

पोखरा ।

Advertisement

गुरुङ समुदायका चलचित्रकर्मीहरुको छाता संस्था गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान)को अध्यक्षमा राजबहादुर गुरुङ (राजेश) चयन भएका छन् ।

शनिबार भएको आठौँ महाधिवेशनले गुरुङको अध्यक्षतामा सर्वसम्मत रुपमा २२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

Advertisement

नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा अर्जुन गुरुङ, द्वितीय उपाध्यक्षमा कुबिना गुरुङ, महासचिवमा तोलबहादुर गुरुङ, सचिवमा टेकमान गुरुङ र कोषाध्यक्षमा इन्द्रमाया गुरुङ छन् ।

विभागीय प्रमुखमा प्रचारप्रसारमा रक्षा गुरुङ, महिलातर्फ सपना गुरुङ, बजार व्यवस्थापनमा खेम गुरुङ, प्राविधिकमा राजकुमार गुरुङ र भाषा तथा संस्कृति विभागमा तारा गुरुङ छन् ।

Advertisement

कार्यसमिति सदस्यमा भुपेन्द्र गुरुङ, रामप्रसाद गुरुङ, आशिष गुरुङ, बिराज गुरुङ, धर्मराज घले, नविन गुरुङ, पिटर गुरुङ, तारजंग गुरुङ, केशबहादुर गुरुङ, गंगाबहादुर गुरुङ र अन्जु गुरुङ चयन भएका छन् ।

गुरुङ फिल्म एसोसिएसन नेपाल २०६५ सालमा चलचित्रकर्मी माओत्से गुरुङको अध्यक्षतामा स्थापना भएको हो । गुरुङ चलचित्रका निर्देशक, निर्माता, कलाकार, प्राविधिक, गुरुङ गीतका गायक गायिका, संगीतकार सबैलाई समेटेर स्थापना भएको थियो । स्थापना कालदेखि जिफानले चलचित्रकर्मीका अधिकार र गुरुङ भाषा, संस्कृति जगेर्नाको क्षेत्रमा काम गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया