तनहुँ जलविद्युत आयोजनाद्वारा मृतक मजदुरका परिवारलाई क्षतिपूर्ति

राष्ट्रिय समाचार समिति (रासस) २०८१ भदौ ३० गते १७:०१

तनहुँ ।

Advertisement

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाले मृतक मजदुरका परिवारलाई क्षतिपूर्ति रकम प्रदान गरेको छ ।

बर्दियाको बारबर्दिया नगरपालिका–१ निवासी मृतक ३८ वर्षीय रामकुमार थारुको परिवारलाई क्षतिपूर्ति वापत रु ३० लाख उपलब्ध गराएको हो ।

Advertisement

आयोजनाअन्तर्गत सिनो हाइड्रोमा काम गर्ने सिलसिलामा प्लाइउडले लागेर २० मिटर तल खस्दा घाइते भएका थारुको उपचारका क्रममा पोखरास्थित मेट्रोसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए ।

Advertisement

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया