पोखरा उद्योग वाणिज्य संघको उपमहासचिवमा सुदीप प्रधानांग विजयी
समाधान संवाददाता
२०८१ भदौ ३० गते १७:३८
पोखरा ।
पोखरा उद्योग वाणिज्य संघको उपमहासचिवमा सुदीप प्रधानांग विजयी भएका छन् । शनिबार भएको संघको निर्वाचनपछि आइतबार मध्यान्हबाट सदस्यहरुको मतगणना सकिएपछि पदाधिकारीको मत गन्न थालिएको थियो । भर्खरै प्राप्त नतिजा अनुसार उपमहासचिवमा प्रधानांग विजयी भएका हुन् ।
प्रधानांग र बालकृष्ण कोइराला उपमहासचिवको प्रतिस्पर्धामा थिए । प्रधानांगले ११ सय ७७ मत पाउँदा कोइरालाले १ हजार ४७ मत ल्याएका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया