लैंगिक समताबारे ५ दिने कार्यशाला

समाधान संवाददाता २०८१ भदौ ३० गते १८:०३


पोखरा ।

Advertisement

युनिकन पोखरा र इसिएफ तथा आईएम वुमन परियोजनाको समन्वयमा पोखरामा ५ दिने कार्यशाला भएको छ । भदौ २४ देखि २८ गतेसम्म पोखरामा भएको कार्यक्रममा लैंगिक समानता, हिंसा, दुरुपयोग, यौनिकता र भेदभाव जस्ता महत्वपूर्ण विषयमा सहभागीलाई प्रशिक्षण दिइएको थियो । कार्यशालामा विभिन्न ८ संस्थाका ३० जना सहभागी थिए । लेकसिटी कलेज र रिसर्च सेन्टर, पोखरा विश्वविद्यालय, सिडब्ल्युएसएन, कर्मा फ्लाइट्स, कोपिला नेपाल, गोनेसा युनिकर्नबाट कार्यशालामा सहभागी भएका थिए ।


कार्यक्रमको प्रमुख सहजकर्ता पुणे इक्वल कम्युनिटी फाउन्डेसनका प्रतिनिधि प्रवीण कात्के र सुदक्षिणा ऐच थिए । उनीहरुले प्रशिक्षणलाई व्यावसायिक र प्रभावकारी बनाएका थिए । उनीहरूको नेतृत्वमा, सहभागीहरूले लैंगिक समता र समानता सम्बन्धी जटिल मुद्दाहरूमा ज्ञान र व्यावहारिक सीप प्राप्त गरे । समापन समारोहमा सहभागीहरूले प्राप्त ज्ञानको उच्च मूल्यांकन गर्दै भविष्यमा सामाजिक र पेसागत क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता जनाएका छन् ।

Advertisement


कार्यशालाले लेंगिक समता र समानता प्रवद्र्धनमा एक नयाँ दिशा निर्देश गर्ने विश्वास व्यक्त गर्दै आयोजकले यस्ता कार्यक्रमहलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् । युनिकन पोखराका कार्यकारी निर्देशक विनोद न्यौपानेले सहकार्य गर्ने संस्थाहरु इसिएफ तथा आईएम वुमन परियोजनाको लगाव र प्रयासले समाजमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको बताए ।

Advertisement

तपाईको प्रतिक्रिया