पेट्रोलमा ४ र डिजेलमा ५ रुपैयाँ सस्तियो
समाधान संवाददाता
२०८१ भदौ ३० गते २१:४७

पोखरा । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य घटेर आएपनि नेपालमा पनि मूल्य समायोजना निगमले जनाएको छ ।
नयाँ पेट्रोलमा प्रतिलिटर ४ र डिजेलरमट्टितेलमा ५ रुपैयाँले घटाइएको हो । जसअनुसार नयाँ मूल्य पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १५६।५०, दोस्रोमा १५८ र तेस्रोमा १५९ रुपैयाँ भएको छ ।
त्यस्तै, डिजेल/मट्टितेलको प्रतिलिटर पहिलो वर्गमा १४६.५०, दोस्रोमा १४८ र तेस्रोमा १४९ रुपैयाँ भएको निगमले जनाएको छ ।
पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज छन् भने दोस्रोमा सुर्खेत र दाङ पर्दछन् । त्यस्तै, काठमाडौं, पोखरा र दिपायल पर्दछन् ।
घटेको मूल्य आजै रातिदेखि लागू हुनेछ ।

सम्बन्धित








गोरखामा माछा मार्न गएका युवक मृत फेला
पोखरा आदर्शका विद्यार्थीलाई साइबर सुरक्षा र अपराध सचेतनाबारे प्रशिक्षण
हेरालो प्रतिष्ठान कास्कीमा धनराज पुरी दोहोरिए
‘पोखरा २४ घन्टा खुला’ गर्न पर्यटन व्यवसायीलाई छैनन् तयार, भन्छन्– ३ सिफ्टमा कर्मचारी खटाउन सकिँदैन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया