नियमित बस चलाउन ६ गाउँको धर्ना

समाधान संवाददाता २०८१ भदौ ३१ गते ९:०४

पोखरा ।
नियमित बस सञ्चालन गर्न माग गर्दै पोखरा महानगरपालिकाका ३ र मादी गाउँपालिकाका ३ गाउँका बासिन्दा पोखरा आएर धर्ना दिएका छन् ।

Advertisement

पोखरा बेगनासतालबाट छुटेको बस माझिकुना हुँदै पोखरा ३१ को लौसीडाँडा खोलाबेसी हुँदै बेतेनी निस्केर मादी गाउँपालिकाको राम्चे अलैचे र ओझागाउँमा दिनमा एक पटक नियमित गर्न माग गर्दै सो गाउँका स्थानीयले धर्ना दिएका हुन् ।


बेगनासताल पोखरा यातायात प्रालिको शिशुवा कार्यालयमा उनीहरुले आइतबार दिनभरी धर्ना दिए । आइतबार १० बजेदेखि दिउँसो ३ बजेसम्म धर्ना दिएपछि यातायात प्रालिले उनीहरुको माग सम्बोधन गर्ने आश्वसन दिएको छ । सोही अनुसार वार्ता समितिसँग ३ बुँदे सम्झौता गरेको स्थानीय सूर्य रानाभाटले जानकारी दिए ।

Advertisement


उनका अनुसार माग गरेको रुटमा दिनको एक पटक बेगनास पोखरा यतायात प्रालि अन्तर्गत लेखनाथ माइक्रो नियमित सञ्चालन गर्ने प्रतिवद्धता प्रालिले जनाएको छ । प्रालिका अध्यक्ष श्रीप्रसाद तिवारीले स्थानीयको माग बमोजिम आउँदा दिनमा बस सञ्चालन गर्ने वाचा गरे ।

Advertisement

तपाईको प्रतिक्रिया