‘खोकी लाग्दा हर्रो’ गीत सार्वजनिक
समाधान संवाददाता
२०८१ भदौ ३१ गते ९:२५

पोखरा ।
गीतकार शिव पलाँसको नयाँ गीत ‘खोकी लाग्दा हर्रो’ सार्वजनिक भएको छ ।
समीक्षा अधिकारी र ईश्वर पोखरेल ‘अविरल’ले स्वर दिएको यो गीतमा प्रमोद पन्तले संगीत भरेका हुन् । योगेश काजीले संगीत संयोजन गरेको गीतको म्युजिक भिडियोमा गम्भीर बिष्ट र प्रियंका कार्कीले अभिनय गरेका छन् । कोरियोग्राफी र निर्देशनसमेत बिष्ट स्वयम्को छ ।
अक्सर आधुनिक गीत र गजलमा कलम चलाउने शिव पलाँसको यो लोकदोहोरी शैलीको गीतलाई स्रोताले रुचाएका छन् । दुई दशकदेखि निरन्तर साहित्य सृजनामा सक्रिय पलाँसका दर्जनौं गीत ख्याति प्राप्त कलाकारका स्वरमा रेकर्ड भईसकेका छन् ।
पलाँसको ‘माया गर्नुको अर्थ’ गीति सञ्चयनसमेत प्रकाशित छ । उनी कविता, मुक्तक, कथासहित अखबारी लेखनमा समेत क्रियाशील छन् ।
सम्बन्धित








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया