प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस

पोखरा । प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । सोमबार साँझ बसेको संवैधानिक परिषदको बैठकले वरिष्ठताका आधारमा वरिष्ठ न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।
सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ देखि अवकाशमा जाँदै छन् । संविधानको धारा २८४ ९३० बमोजिम अवकाशमा जानुभन्दा एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि परिषद्ले सिफारिस गर्नुपर्ने व्यवस्था छ ।
संवैधानिक व्यवस्थाअनुसार भदौ १९ मा नै सिफारिस हुनुपर्नेमा अहिलेसम्म परिषद् बैठक बस्न सकेको थिएन । नयाँ प्रधानन्यायाधीशका लागि न्यायपरिषदले ८ जना सम्भावित न्यायाधीशहरूको सूची संवैधानिक परिषदमा पठाएको थियो ।
जसमा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी रहेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष हुने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल र उपसभामुख ईन्दिरा राना मगर सदस्य रहेका छन् ।
बाँकी संवैधानिक निकायको नियुक्ति भने प्रधानमन्त्री ओली अमेरिका भ्रमणबाट फर्केपछि मात्र हुने भएको छ ।









विद्यार्थीको दाँत जाँच
डुंगा दौड जित्नेलाई खसी
समानुपातिकमा २२ दलको मात्रै पूर्ण उम्मेदवारी
सम्पादकीय—नयाँ शक्तिको ध्रुवीकरण आशा कि अराजकता ?
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया