सामुदायिक वनलाई रोजगारीमा जोड्न माग

समाधान संवाददाता २०८१ असोज १ गते १०:३३

पोखरा ।
संरक्षण, सम्वद्र्धन र विकासको माध्यमबाट विश्वसामु परिचित सामुदायिक वनलाई रोजगार सिर्जना गर्दै समृद्धिको अभियानमा उपयोग गरिनुपर्नेमा जोड दिइएको छ ।

Advertisement


सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेशले सोबारबाट पोखरामा आयोजना गरेको स्थानीय महासंघका पदाधिकारीका लागि आयोजित दुई दिने वनसम्बन्धी कानुनी क्षमता अभिवृद्धि तालिमका सहभागिले वनको भरपुर उपयोग गर्ने नीतिको खाँचो औंल्याएका हुन् ।


सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य हरिप्रसाद बास्तोलाले महासंघले उपभोक्ताका हक, अधिकार स्थापित गर्न निरन्तर पैरवी गर्दै आएको बताए ।

Advertisement

महासंघमा हाल २३ हजार २६ सामुदायिक वन समूहका लगभग ३५ लाख घर, परिवारले २४ लाखभन्दा बढी हेक्टर वन क्षेत्रलफलको व्यवस्थापन गर्दै आएको बताउँदै उनले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न सहभागीलाई अनुरोध गरे ।


नेपाल सरकारले प्रदान गरेको अवसर उपयोग गर्दै मुलुकका सम्पूर्ण वन उपभोक्ता समूहलाई स्थायी लेखा नम्बर लिन आग्रह गर्दै उनले वनमा आधारित उद्यम सञ्चालन गर्नेतर्पm लाग्नुपर्ने आवश्यकता औंल्याए ।

Advertisement


महासंघका केन्द्रीय सदस्य दोवबहादुर कार्कीले वन पैदावार उपयोगमा नीति गत समस्या रहेको बताउँदै त्यसका लागि तीनै तहका सरकार जिम्मेवार हुनुपर्ने बताए । वन समूहमा सुशासन र पारदर्शिताको खाँचो रहेको उनले जनाए ।


तालिममा प्रदेश महासंघका अध्यक्ष कालीदास सुवेदी, महासंघका कानुनी सल्लाहकार डिलराज खनाल र थाउजेन्ट करेन्ट परियोजनाका अनिता वन्तले तालिममा प्रशिक्षण दिएका छन् ।

तालिममा गण्डकी प्रदेशका मनाङ र मुस्ताङ बाहेक ९ जिल्लाका स्थानीय महासंघका अध्यक्ष र सचिवसहित ५० जनाको सहभागिता छ ।

तपाईको प्रतिक्रिया