विज्ञान र प्रविधिको अनुसन्धान र नवप्रवर्तनका लागि १ अर्बको विशेष कोष घोषणा

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा १२ औँ राष्ट्रिय विज्ञान दिवस मनाइएको छ।
कार्यक्रमको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले वर्तमान युग विज्ञान प्रविधिको युग भएकाले युगको महिमा कायम गर्न नेपालका समस्त वैज्ञानिकले आधुनिक प्रविधि र रैथाने प्रविधिलाई एकसाथ प्रबर्द्धन गरी राष्ट्रिय उत्पादन बढाउनु तथा विद्यार्थीलगायत सबैमा डिजिटल साक्षरता विकास गर्नु आवश्यक भएको बताइन् । उनले अनुसन्धानलाई उत्पादनसँग जोडी विज्ञान प्रविधिको माध्यमबाट दिगो पूर्वाधारको विकास गरेर विज्ञान प्रविधि तथा नवप्रवर्तनलाई समुदाय र समाजको अङ्ग बनाउन सके विज्ञान दिवस मनाउनुको सार्थकता पुष्टि हुने बताइन् । विज्ञान तथा प्रविधिको अनुसन्धान तथा नवप्रवर्तनका लागि विशेष कोषको स्थापना गरी सञ्चालन गर्न देशको बजेटको दुई प्रतिशत रकम छुट्याउने नीति रहेको चर्चा गर्दै वार्षिक पुँजीगत बजेटको एक प्रतिशत रकम अनुसन्धान र विकासका लागि छुट्याएर रू एक अर्बको अनुसन्धान र विकास कोष स्थापना गरिने उल्लेख गरिन् ।
अब विश्वविद्यालय एवम् निजी तथा सरकारी अनुसन्धान संस्थामा भएका अनुसन्धानका उपलब्धिलाई व्यवसायीकरणका लागि सहजता प्रदान गर्न तथा उद्योग र पूर्वाधार क्षेत्रमा रहेका समस्याको समाधानका विषयमा अनुसन्धान गर्न एकेडेमिया–निजी क्षेत्रको इन्टरफेसको रूपमा कार्य गर्न अनुरोध गर्दै मन्त्रीले भट्टराईले उदीयमान प्रविधिका रूपमा विकास भइरहेका प्रविधिको समेत उपयोग गरी देशको सेवा प्रवाह, उत्पादन र उत्पादकत्वमा गुणात्मक वृद्धि गर्ने दिशामा केन्द्रित रहनुपर्ने बताइन् ।
कार्यक्रममा युवा उद्यमी डा. प्रतिभा पाण्डे, शिक्षा सचिव डा. दिपक काफ्ले र विज्ञान सचिव विश्वबाबु पुडासैनीले पनि बोलेका थिए । समारोहमा विज्ञान प्रविधिका क्षेत्रमा उल्लेख्य योगदान विभिन्न क्षेत्रका महानुभावलाई पुरस्कृत गरिएको थियो । कार्यक्रमको उद्घाटन रोबोटिक प्रविधियुक्त इलेक्ट्रोनिक एपबाट पानसमा दियो बालेर गरिएको थियो ।
कार्यक्रममा विश्वविद्यालयका उपकुलपतिहरू, विभिन्न मन्त्रालय र आयोगका सचिव तथा अन्य कर्मचारीहरू,नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति, सचिव तथा अन्य कर्मचारीहरू,प्राध्यापक, अनुसन्धानकर्ता, विज्ञान तथा प्रविधिसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाका प्रमुख एवम् प्रतिनिधि,युवा वैज्ञानिक, विद्यार्थी, पत्रकार लगायतको सहभागिता थियो ।
यस वर्षको विज्ञान दिवसको आदर्श वाक्य ‘विज्ञान तथा प्रविधिः विकास र उत्पादन वृद्धि’ रहेको छ । विज्ञान तथा प्रविधिको महत्त्वलाई आत्मसात गर्दै यस क्षेत्रमा भएका अध्ययन, अनुसन्धान र खोजमूलक विषयको प्रचार प्रसार गरी समुदायलाई सुसूचित गराउन र वैज्ञानिक तथा नव प्रतिभालाई प्रोत्साहन गर्न नेपाल सरकारले वि.सं. २०६९ सालदेखि राष्ट्रिय विज्ञान दिवस मनाउँदै आएको छ ।








सरकार र ‘जेनजी’ बीच ऐतिहासिक १० बुँदे सम्झौता : पूर्ण विवरणसहित
कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
पश्चिमाञ्चल मावि कानुन संकायका विद्यार्थी लमजुङका गाउँमा
एन प्याब्सन ‘दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव–२०८२’ सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया