हाम्रो सामुदायिक सहकारीको वार्षिकोत्सव

समाधान संवाददाता २०८१ असोज १ गते १७:४३

पोखरा ।
हाम्रो सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले सोमबार १४ औं वार्षिकोत्सव मनाएको छ । संस्थाले ८ करोड, ८ लाख रुपैयाँ सेयर पुँजी बनाउन सफल भएको छ । संस्थाको बचत २० करोड २८ लाख छ भने कर्जा २५ करोड ७२ लाख छ ।

Advertisement

संस्थाका अध्यक्ष लक्ष्मीनारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा एसइई परिक्षामा उत्कृष्ट नतिजा ल्याएका ४ जना सेयर सदस्यका छोराछोरीलाई सम्मान गरिएको थियो । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य देवका पहारीले सांसद पहारीले संस्थाले विगत गरेको काम बाट शिक्षा लिई अगाडि बढेमा संस्थाको भविष्य उज्ज्वल रहने विश्वास व्यक्त गरिन् ।


सल्लाहकार पम्फा पहारी, पोखरा महानगरपालिका वडा नम्बर ६ की वडा सदस्य पवित्रा थापा, सामुदायिक प्रहरी सेवा केन्द्र बैदामका अध्यक्ष नेत्र भण्डारी, नमुना आमा समूह बैदामकी अध्यक्ष जुना अधिकारीले बोलेको कार्यक्रममा संस्थाका सचिव चिरञ्जिवी पोखरेल प्रस्तुत गरेका सचिवको प्रतिवेदन, कोषाध्यक्ष रामप्रसाद ढकालले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन, ऋण लगानी तथा असुली उपसमितिका संयोजक भरतबहादुर पौडेलले प्रस्तुत गरेको वार्षिक प्रतिबेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक विष्णुप्रसाद बरालले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन पारित गरिएको थियो ।

Advertisement

संस्थाका उपाध्यक्ष भरतबहादुर पौडेल स्वागत गरेको कार्यक्रम सञ्चालक सदस्य जमुना पराजुलीले सहकारी सिद्धान्त वाचन गरेकी थिइन् ।


२०६७ सालमा स्थापना भएको सहकारीमा ९ सय ५ जना सेयर सदस्य छन् । सभाको अवसरमा उत्कृष्ट सेयर सदस्य, उत्कृष्ट बचतकर्ता, माध्यमिक र स्नातक तहमा सर्वाेकृष्ट भएका सेयर सदस्य सन्तानलाई पुरस्कृत गरिएको यियो ।

Advertisement

तपाईको प्रतिक्रिया