शीतोष्ण बागवानी विकास केन्द्र, मार्फाको ५८ औं स्थापना दिवसमा उत्कृष्ट कृषक तथा कर्मचारी पुरस्कृत,मार्फाका बिष्णुलाई सम्मान

समाधान संवाददाता २०८१ असोज १ गते १८:३५

मुस्ताङको घरपझोङ गाउँपालिका २ मार्फा स्थित शीतोष्ण बागवानी विकास केन्द्र मार्फाले जिल्लाका उत्कृष्ट कृषक तथा कर्मचारीलाई नगदसहित सम्मान गरिएको छ । उक्त दिवसमा मार्फाका बिष्णुराज हिराचन फरक विधाबाट सम्मानित भएका छन् ।
केन्द्रको ५८ औं स्थापना दिवसको अवसरमा मुस्ताङको लोघेकर दामोदरकुण्ड—१ चराङका कृषक टै धुन्टु ठकुरी उत्कृष्ट कृषक, अनिता तामाङ्ग, सीता माझी उत्कृष्ट कर्मचारी र घरपझोङ २ मार्फाका समाजसेवी बिष्णुराज हिराचन सम्मानित भएका हुन् । सरकारी स्वामित्वमा रहेको मार्फा स्थित शीतोष्ण बागवानी विकास केन्द्रले कृषि फलफूल तथा तरकारी बालीको विकासमा महत्वपूर्ण योगदान पू¥याएको भन्दै लोघेकर १ चराङ स्थित लुम्बिनी कृषि तथा पशुपन्छी पालन फार्मका सफल कृषक एवं वडाध्यक्ष टै धुन्टु ठकुरीलाई केन्द्रले नगद ५ हजार पुरस्कारसहित दोसल्ला ओढाएर प्रमाणपत्रले सम्मान गरेको हो ।

Advertisement

शीतोष्ण वागवानी विकास केन्द्रको स्थापना कालदेखि बर्तमानकालसम्म निरन्तर अभिभावकीय एवं रचनात्मक तथा सृजनात्मक सहयोग पू¥याएको भन्दै घरपझोङ—२ मार्फाका वरिष्ठ समाजसेवी एवं पूर्व जिवस सभापति बिष्णुराज हिराचनलाई केन्द्रले दोसल्ला ओढाएर प्रमापत्रले सम्मान गरेको हो ।यसैगरी केन्द्रले शीतोष्ण बागवानी विकास केन्द्रले उत्कृष्ट कार्यसम्पादन तथा प्रशंसनीय सेवा पू¥याएको उल्लेख गर्दे आफ्ना २ जना महिला कर्मचारीलाई ५८ औं स्थापना दिवसको अवसरमा दोसल्ला र प्रमाणपत्र सहित नगद रु ५ हजारले सम्मान ग¥यो ।

केन्द्रद्वारा नगद पुरस्कारसहित सम्मानित जिल्ला उत्कृष्ट कृषक टै धुन्टु ठकुरीले सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने सुझाए । मुस्ताङमा कृषि क्षेत्रको प्रचुर संम्भावना रहेको उल्लेख गर्दै सम्मानित कृषक ठकुरीले लगनशील र मेहनती कृषकहरुलाई यसप्रकारले गरिने सम्मानले थप उर्जा प्रदान गर्ने बताए । सामाजिक क्षेत्रमा सहयोग पू¥याएका मार्फाका सम्मानित व्यत्तित्व बिष्णुराज हिराचनले मुस्ताङमा स्याउ खेतीको विकास र प्रर्वद्धनमा बागवानी विकास केन्द्रको योगदान महत्वपूर्ण रहेको बताए । ‘२०२३ सालमा यहाँ बागवानी विकास कार्यालय स्थापना भयो,त्यसै बेलादेखि यहाँ स्याउ तथा आरु,खुर्पानी र कागजी बदाम लगायतका फलफूल तथा तरकारी खेती सुरु भएको हो,सम्मानित व्यक्तित्व हिराचनले भने,‘ सुरुमा बागवानीले शीतोष्ण फलफूल तथा तरकारी खेती सिकाउन खोज्दा निकै गाह्रो मान्थे, आज त्यही बागवानीको सिकाईले यहाँका कृषहरुको जिवनस्तर फेरिन पुग्यो ।समाजसेवी हिराचनले बागवानीले स्थापनाकालमा मुस्ताङका कृषकहरुले निःशुल्क विरुवा वितरण गरेको स्मरण गरे ।

Advertisement

यसअघि मार्फा शीतोष्ण बागवानी विकास केन्द्रको ५८ औं स्थापना दिवसमा जिसस प्रमुख माया गुरुङले विरुवामा जलसेचन गरी उद्घाटन गरिन् । सो अवसरमा समन्वय प्रमुख गुरुङले मुस्ताङको स्याउ ब्रान्डलाई स्थापित गराउन चुनौती रहेको बताईन् ।हामीले मुस्ताङको स्याउलाई गुणस्तर तथा यसको महत्वलाई जोगाउन पर्छ भनेर भनिरहेका छौं, तर, कृषक र स्याउ ठेकेदारबाटै नियमको उलंघन हुने गरेको पाईयो,समन्वय प्रमुख गुरुङले भनिन्, यहाँको स्याउलाई सैद्धान्तिक तथा प्राविधिक ढंगले सोच्न पर्ने बेला आएको छ, हामीले मुस्ताङको स्याउ ब्रान्ड जोगाउन सबै तहतप्काको उक्तिकै ठुलो भूमिका रहन्छ ।


मुस्ताङका प्रजिअ जनकराज पन्तले कोरलानाका खुल्ला भएको र त्यहाँ ईमिग्रेसन र भन्सार कार्यालय स्थापना भएकाले चिनको तिब्बती बजारमा मुस्ताङको स्याउ निर्यात हुने बाटो खुलेको बताए । प्रजिअ पन्तले सहरबजारमा अन्य स्थानको स्याउलाई मुस्ताङको स्याउ भनेर बिक्री गर्ने गरेको पाईएकाले अब यहाँका स्थानीय तहहरुले मुस्ताङको स्याउलाई चिनाउन ब्रान्डिङ,प्याकेजिङ र लेबलिङ गर्न आवश्यक रहेको बताए । कार्यक्रममा घरपझोङ,थासाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्षहरुले मुस्ताङमा बागवानी विकास केन्द्रले पू¥याएको योगदानका बारेमा चर्चा गरेका थिए । केन्द्रको ५८औं स्थापना दिवसको अवसरमा केन्द्रका कार्यालय प्रमुख पद्मनाथ आत्रेयले केन्द्रले हालसम्म गरेका कार्यसम्पादन तथा केन्द्रको भौतिक तथा सांगठनिक रुपरेखा बिषयमा प्रस्तुतीकरण गरे । मुस्ताङमा २०२३ सालमा बागवानी विकास केन्द्रको स्थापना भएको थियो ।

Advertisement

केन्द्रले स्याउ खेतीलाई मुख्य प्राथमिकता राखेर शीतोष्ण हावापानीमा उत्पादन हुने फलफूल तथा तरकारी बालीको विकास तथा उत्पादनमा काम गर्दैआईरहेको छ । कठिन परिस्थितीमा स्थापना भएको बागवानीले मुस्ताङका कृषकहरुलाई स्याउ खेती गर्ने तरिका र विरुवा उत्पादनमा जोड दिएको छ । मुस्ताङको शीतोष्ण बागवानीले कुल ९ दशमलव ८ हेक्टर क्षेत्रफल जग्गा ओगटेको छ । जहाँ केन्द्रले स्याउ लगायतका अन्य शीतोष्ण फलफूलहरु तथा तरकारी र तरकारीका वीउ उत्पादन गर्ने गरेको छ ।

केन्द्रमा हाल ४२ प्रजातीका स्याउ विरुवा छन् । जसमा रेड डेलिसियस,रोयल डेलिसियस ,गोल्डेन डेलिसियस, रिचारेड डेलिसियस र फुजी प्रजातीका स्याउ मुख्य भेराईटीका स्याउको प्रर्वद्धनमा केन्द्रले जोड दिएको छ । पछिल्लो समय जलवायु परिवर्तनको प्रभावले मुस्ताङको स्याउखेतील बसाई सार्न थालेको बताए । जलवायुले समस्या चुनौतीका साथै अवसरहरुको सृजना गरेको केन्द्र प्रमुख पद्मनाथ आत्रेयको भनाई छ । उनले उपल्लो मुस्ताङको घमीमा स्याउ खेती तथा शीतोष्ण फलफूल तथा तरकारी खेतीको प्रर्वद्धन र विकास गर्न सेटलाईट केन्द्र स्थापनाको तयारी अघि बढेको बताए ।

तपाईको प्रतिक्रिया