रोटरी पोखरा न्युरोडको शिविर
समाधान संवाददाता
२०८१ असोज ३ गते ११:५१
पोखरा ।
रोटरी क्लब अफ पोखरा न्युरोडको आयोजनामा लेखनाथ मेमोरियल स्कुल अर्घौ लेखनाथ चोकमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर भएको छ ।
गएको भदौ ३० र ३१ गते स्कुलमा सो शिविर सञ्चालन गरिएको थियो । जसमा ७ सयभन्दा बढीले सेवा लिएका थिए ।
कोरियाबाट आएका चिकित्सकसहित ३३ जनाको टोलीका साथमा कान्तिपुर डेन्टल हस्पिटल पोखराबाट दाँत र दृष्टि आँखा अस्पताल पोखराबाट आँखाको चेक जाँच सेवा उपलब्ध गराइएको थियो । कोरियन टिमबाट भिडियो एक्सरे फिजियो स्किन टेस्ट लगायत चेकजाँच गरिएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया