सामुदायिक वन समृद्धिको आधारः बस्याल

समाधान संवाददाता २०८१ असोज ४ गते १३:५२

पोखरा ।
गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले सामुदायिक वन समृद्धिको आधार बनाउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेशले बुधबार पोखरामा आयोजना गरेको ‘बदलिदो परिस्थितिमा सामुदायिक वनको भूमिका’ बिषयक कार्यशाला गोष्ठीमा यस्तो धारणा राखेका हुन् ।

Advertisement


सामुदायिक वनको हक, अधिकार सुनिश्चित गर्दै प्राकृतिक स्रोत उपयोग गर्ने खालको नीति निर्माणमा प्रदेश सरकार प्रतिवद्ध रहेको उनले सुनाए । वनलाई पर्यापर्यटनसँग जोड्नुपर्ने आवश्यकता उनले औंल्याए ।


सम्भाव्यता अध्ययनका आधारमा गुरुयोजना बनाएर वनलाई रोगजारसँग जोड्नुपर्नेमा जोड दिंदै उनले त्यसका लागि सरकार, वन महासंघ र निजी क्षेत्रको समन्वय र सहकार्य अपरिहार्य भएको धारणा राखे । गाउँपालिका महासंघ गण्डकी प्रदेशका अध्यक्ष एवं रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले सामुदायिक वनलाई स्थानीय सरकारको जिम्मा दिन संघ र प्रदेशसँग माग गरे ।

Advertisement


सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वन समाजवादको प्रवेश विन्दु भएको बताउँदै प्राकृतिक स्रोत उपयोगका लागि तीनै तहका सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

वन कार्यालय भएको स्थानमै वन मासिएको र तस्करले सुरक्षा पाउँदा उपभोक्ताले मुद्दा खेप्नु अवस्थाको अन्त्य भएको बताउँदै अध्यक्ष भण्डारीले वनको संरक्षण, सम्वद्र्धन र विकासको जिम्मा स्थानीय समुदायलाई प्रदान गरेसँगै नेपालको सामुदायिक वनको अवधारणा विश्वसामु परिचित भएको सुनाए ।

Advertisement


डिभिजन वन कार्यालय कास्की प्रमुख कोमलराज काप्mलेले वन समूह वर्गीकरण गी आर्थिक रुपमा सम्पन्न वनले कमजोरलाई आवश्यक सहयोग गर्नुपर्ने विचार राखे । महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालीदास सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष किशोर सापकोटा, महासचिव आसु विकले सामुदायिक वनको अवधारणाले वातावरणीय क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको जनाए ।


महासंघका प्रदेश अन्तर्गतका केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी तथा सदस्यहरु, जिल्ला अध्यक्षसहित ५४ जनाको सहभागिता रहेको कार्यक्रममा सोमत घिमिरेले प्रशिक्षण दिएका थिए ।

तपाईको प्रतिक्रिया