७२ युनिट रगत संकलन

समाधान संवाददाता २०८१ असोज ४ गते १३:५७

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं २६ मा रहेको सनराइज क्लबको आयोजना तथा सृजना महिला समूह र सुन्दरीबजार टोल विकास संस्थाको सहकार्यमा भएको रक्तदानमा ७२ युनिट रगत संकलन भएको छ ।

Advertisement


नयाँ रक्तदातालाई रगत दान गर्नका लागि अभिप्रेरित गर्ने उद्देश्यले भएको रक्तदानमा १२ जनाले पहिलो रत्तदाताले रत्तदान गरेका छन् । पहिलो रत्तदाता कमला न्यौपानेलाई बल्ड ब्याग हस्तान्तरण गर्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाध्यक्ष नरेन्द्र थापाले रक्तदान सुरुआत गरे ।


थापाले क्लबले समाज परिवर्तनका लागि युवालाई परिचालन गरी विकास, निर्माणका क्षेत्रमा खेलेको भूमिका प्रशंसनीय भएको जनाए । रक्त सञ्चार केन्द्र पोखरा प्रमुख अर्जुन ज्ञवालीले निरोगी मानिसले तीन महिनाको अन्तरमा रत्तदान गर्नु उपयुक्त हुने नजाए ।


क्लब अध्यक्ष सूर्यनाथ न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा सृजना महिला समूहकी उपाध्यक्ष सुष्मा पौडेल, सचिव विनोद कार्की र कार्यक्रम संयोजक सन्तोष पौडेलले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया