लेकसिटी कलेज अध्यक्षमा प्राडा पराजुली

पोखरा ।
पोखरा वडा नम्बर ४ स्थित लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरको १७ औं साधारण सभा तथा अधिवेशनले सञ्चालक समितिको अध्यक्षमा फेरि प्राडा विश्वकल्याण पराजुलीलाई चयन गरेको छ । समितिको सदस्यमा डा. रामनाथ ओझा, विष्णु अधिकारी, शोभाकान्त सिग्देल र सदस्य सचिव नारायणकुमार श्रेष्ठ छन् ।
लेकसिटी कलेज सञ्चालक समितिका संस्थापक अध्यक्ष गेहेन्द्रेश्वर कोइराला र वर्तमान अध्यक्ष प्राडा विश्वकल्याण पराजुलीले संयुक्त रुपमा ब्यानरमा हस्ताक्षर गरेर कार्यक्रम उद्घाटन गरेका थिए । संस्थापक अध्यक्ष गेहेन्द्रश्वर कोइरालाले कलेजले पढाइसँगै सामाजिक कार्यमा पनि अगाडि बढेकोमा खुसी व्यक्त गरे । विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक अभ्यासमा पनि जोड दिनुपर्ने कोइरालाले बताए ।
विद्यार्थीहरुलाई हरेक वर्ष सामाजिक कार्य दिवस र प्रेस स्वतन्त्रता दिवसको दिन प्रत्यक्ष सहभागी गराइ कार्यक्रम गरिने क्याम्पस प्रमुख नारायणकुमार श्रेष्ठले जानकारी दिए ।
स्वदेश तथा विदेशमा लामो समयसम्म पत्रकारिता गरिरहेका पत्रकार र कलेजका विद्यार्थीहरुबिच अन्तर्क्रिया कार्यक्रम गरिने प्रमुख श्रेष्ठले सुनाए । कलेजका विद्यार्थीहरुबाट कम्तीमा २० जना विद्यार्थीहरुलाई अनुसन्धान कार्यमा सहभागी गराईने लक्ष्य रहेको प्रमुख श्रेष्ठले जानकारी दिए ।
पोखरामा मिडिया क्षेत्रमा आवद्ध सबैलाई सहभागी गराइने उद्देश्यले वर्षमा एकपल्ट मिडिया सम्मेलन कार्यक्रम गरिने उनले जानकारी दिए । विद्यार्थी र अभिभावकहरुको सबैभन्दा रुचिमा रहेको कार्निभल कार्यक्रमलाई निरन्तरता दिइने श्रेष्ठले बताए ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्राडा विश्वकल्याण पराजुलीको अध्यक्षतामा भएको कार्यममा सञ्चालक समितिका सदस्य एवं मानविकी संकाय संयोजक उपेन्द्र पौडेलले स्वागत र सञ्चालक समिति सदस्य शोभाकान्त सिग्देलले सञ्चालन गरेका थिए । क्याम्पस प्रमुख तथा सदस्य सचिव नारायणकुमार श्रेष्ठले प्रस्तुत गरेको प्रगति विवरण बहुमतले पारित भएको छ । क्याम्पसमा स्नातक तहमा बिबिएस र विएमा अग्रेजी, सामाजिक कार्य पत्रकारिता पढाइ हुन्छ । क्याम्पस ३ सयभन्दा बढी विद्यार्थी छन् ।








सरकार र ‘जेनजी’ बीच ऐतिहासिक १० बुँदे सम्झौता : पूर्ण विवरणसहित
कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
पश्चिमाञ्चल मावि कानुन संकायका विद्यार्थी लमजुङका गाउँमा
एन प्याब्सन ‘दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव–२०८२’ सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया