अधिकारकर्मी बिना सिलवाललाई नारी उत्थान दिदीबहिनी समाजसेवा पुरस्कार

पोखरा । अधिकारकर्मी बिना सिलवाल नारी उत्थान दिदीबहिनी समाजसेवा पुरस्कार–२०८१ बाट सम्मानित भएकी छन् ।
छोरेपाटनस्थित नारी उत्थान दिदीबहिनी समूहको ११औं साधारण सभामा शनिबार उनलाई सो पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा समाजसेवी खगराज शर्मा आचार्यले छोटो समयमा नारी उत्थानले समाजमा बृहत् जागरण ल्याएको भन्दै पुरस्कार समेत संचालन र वितरण गर्नु अनुकरणीय कार्य भएको बताए ।
गत वर्षदेखि प्रदान गरिँदै आएको सो पुरस्कार कोपिला नेपाल र अन्य सामाजिक संघसंस्थामा आबद्ध रही करिब ४० वर्षदेखि अन्यायमा परेकालाई न्याय दिलाउन, महिलाको हकहितको संरक्षण गर्न, महिला हिंसाविरुद्ध लड्न तथा सबल र सक्षम बनाउन उल्लेख्य योगदान दिएकोमा उनलाई प्रदान गरिएको छनोट समिति संयोजक छन्दनायक माधव वियोगीले बताए ।
पुरस्कृत व्यक्तित्व सिलवालले संस्थाले आफूलाई पुरस्कारका लागि योग्य ठहर्याएकोमा खुसी प्रकट गर्दै थप काम गर्न आफूलाई हौसला मिलेको बताइन् । समूहकी प्रमुख संरक्षक सरिता घिमिरेले यस क्षेत्रका महिला दिदीबहिनी जागरुक भएकैले संस्थाले आशातीत लक्ष्य पूरा गरेको बताइन् ।
कार्यक्रममा समाजसेवी झपिन्द्रराज रेग्मी, सुष्मा पौडेल, इन्द्रबहादुर खत्री, दीपक सुवेदी, लक्ष्मी अधिकारी, मीना पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
समूह अध्यक्ष जानुका पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष बिमला भुजेलले स्वागत र सचिव शारदा सुवेदीले संचालन गरे । बन्दसत्रले कोषाध्यक्ष सुशीला पराजुली र अध्यक्ष जानुका पौलेद्वारा प्रस्तुत प्रतिवेदन पारित गरेको थियो ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया