भारतीय राइडर मुक्तिनाथ पुगे, पोखराको टिभिएस शोरुममा स्वागत,बालबालिकालाई सहयोग

पाेखरा ।
भारतका प्रख्यात ४५ जना राइडर तथा ब्लगरहरुले नेपालको प्रसिद्ध मुस्ताङ स्थित मुक्तिनाथ मन्दिर पुगेका छन् । ‘मुस्ताङ क्वेष्ट’ नाम दिएर उनीहरुले यही सेप्टेम्बर १६ तारिखबाट भारतबाट यात्रा सुरु गरी दुई हजार किमी दूरी यात्रा पूरा गरी नेपालको विभिन्न क्षेत्रमा घुमफिर तथा प्रवद्र्धन गरेका हुन् ।
गोरखपुरबाट सुरु भएको उनीहरुको यात्रा पर्वतको कुश्मा, मुक्तिनाथ पुगेर फर्किएर पोखराबाट काठमाडौँ पशुपति दर्शन गरेर चितवन हुँदै स्वदेश फर्कने योजना छन् । प्रख्यात ब्लगर तथा बाइक राइडरहरुको सो समूहलाई आज पोखरास्थित टिभिएस शोरुममा स्वागत गरिएको छ । ‘एपाचे ओनर ग्रुप राइडर’का सदस्यहरुलाई टिभिएस शोरुममा टिभिएसको पोखराको आधिकारिक विक्रेता स्क्वायर मोटर्स प्रालिका कार्यकारी अध्यक्ष आदर्शमान श्रेष्ठ, प्रवन्ध निर्देशक विनोज पोटे, विक्री प्रवन्धक सन्तोष पोखरेल लगायतले खादा लगाएर स्वागत गर्नुभएको थियो ।
सो अवसरमा सहभागीहरुले यात्रा अनुभव सुनाउँदै अत्यन्त रोमाञ्चक बनेको प्रतिक्रिया दिएका छन् । सुन्दर हिमश्रृङ्खलाले आफूलाई मोहित बनाएको बताएको जगदम्वा मोटर्सका म्यानेजर प्रशान्तराज भण्डारीले बताउनुभयो । उहाँका अनुसार राइडरहरुको समूहले टिभिएसका विभिन्न मोडलका बाइकहरुको प्रयोग गरी यात्रा सुरु गरेको थियो ।
ब्लगर तथा राइडरहरुलाई स्वागत गर्दै स्क्वायर मोटर्सका प्रवन्ध निर्देशक विनोज पोटेले यसबाट अन्यलाई समेत नेपाल र पोखरा भ्रमणका लागि प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले राइडका लागि नेपाललाई छनोट गरेकामा धन्यवाद समेत दिनुभयो ।
राइडरहरुको सो समूहले सामाजिक उत्तरदायित्व अन्तर्गत ‘राइड फर चेञ्ज’को नारा सहित आजनै पोखरा महानगरपालिका–३३ बागमारामा रहेको साथी संसार नेपालमा आश्रित ५० जना अपांग बाबालिकाहरुलाई शैक्षिक सामग्री, ह्विरचियर, झोला लगायत सहयोग गरेको स्क्वायर मोटर्सका कार्यकारी अध्यक्ष आदर्शमान श्रेष्ठले बताउनुभयो । त्यहाँ उनीहरुले बालबालिकासँग रमाइलो समेत गरेका थिए ।









यस्तो छ कांग्रेसको समानुपातिक सूची आयोगमा : अर्जुननरसिंहदेखि राष्ट्रपतिकी छोरीसम्म (सूचीसहित)
ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया