के दसैं अघि नै पक्राउ पर्दैछन् रवि लामिछाने ? कस्तो तयारी गर्दैछ कास्की प्रहरी ?

पोखरा ।
सहकारी ठगी प्रकरणमा गठित संसदीय छानविन समितिले झण्डै ४ महिना लगाएर तयार पारेको प्रतिवेदन सार्बजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माथि पक्राउको तरवार झुण्डिएको छ । उनी जुन सुकै बेला पनि पक्राउ पर्न सक्ने सुरक्षा अधिकारीहरुले नै बताइरहेका छन् । कतिपयले त लामिछानेले परिवारसँग दसैं मनाउनै नपाउने दावीसम्म गर्छन् ।
संसदीय समितिले रास्वपाका सभापति लामिछाने सिधै सहकारी ठगीमा संलग्न नदेखिए पनि सरकारी ठगीबाट थुपारिएको करोडौं रकम अपचलन गरेको ठहर गर्दै प्रचलित कानुन बमोजिम कारवाही गर्न भन्दै सिफारिस गरेको छ ।
सर्वसम्मत निर्णयबाट तयार पारिएको सो प्रतिवेशन समितिका सभापति सूर्य थापाले प्रतिनिधि सभाका सभामुखलाई बुझाए लगत्तै सभामुखले कार्यान्यवयनका लागि सरकारमा पठाउने प्रस्ताव सदन गरेका थिए । लगत्तै बसेको मन्त्री परिषद् बैठकले छानविन र कारवाहीका लागि सम्बन्धित मन्त्रालयहरुमा पठाउने निर्णय गरिसकेको छ ।
प्रतिवेदन तयार भएपछि रास्वपाका नेता कार्यकर्ताले आफ्ना सभापतिले सहकारी ठगीमा क्लिन चिट पाएको दावी गर्दै हर्ष मनाइरहेका छन् । स्वयं पार्टी सभापति लामिछानेले पनि आफूले सहकारी ठगी गरेको भन्ने आरोमा एउटा पनि प्रमाण फेला नपरेको भन्दै क्लिन चिट पाएको बताउदै आएका छन् ।
तर प्रतिवेदनले सहकारीको रकम अपचलनमा रवि लामिछानेको नामै किटेर कारवाही गर्न सिफारिस गरेको छ । गोर्खा मिडिया नेटवर्क प्रालिले विभिन्न सहकारीको ६५ करोड रुपैया भन्दा बढी रकम हिनामिना गरेको र त्यसमा कम्पनीका अध्यक्ष जिबी राईसहित प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालकद्वय कुमार रम्तेल र छविलाल जोशी संलग्न रहेको किटान गरेको छ ।
गोर्खा मिडियाले रवि लामिछानेकै नेतृत्वमा ग्यालेक्सी फोर के टेलिभिजन चलाएको थियो । यही टिभी चलाउनका लागि अनाधिकृत रुपमा सहकारीको करोडौं रुपैया खर्च गरिएको छ । टेलिभिजनका हर्ताकर्ता रहेका लामिछाने १५ प्रतिशत शेयरका मालिक समेत थिए । उनले त्यो शेयर स्वेट शेयर भएको दावी गरे पनि संसदीय छानविन समितिले स्वेट शेयरको व्यवस्था नेपालमा नभएको निस्कर्ष निकालेको छ ।
सहकारी ठगी अभियोयमा लामिछाने भन्दा निकै थोरै रकम अपचलन गरेका धेरै मानिसहरु पक्राउ परेका छन् भने कतिपय त पूर्पक्षका लागि जेल चलान भएका छन् । लामिछानेले भन्दा धेरै थोरै रकम अपचलन गरेको अभियोग लानगेकी राप्रपाकी सांसद गिता बस्नेत पक्राउ पूर्जी जारी भएपछि फरार छन् । बस्नेतलाई नवपुरको छिपछिपे सहकारीको करिब १६ करोड रुपैया हिनामिनामा संलग्न भएको अभियोग छ । सांसद बस्नेतको भन्दा जटिल र गम्भीर अभियोग रास्वपाका सभापतिलाई लागेको छ । त्यसैले रवि लामिछानेमाथि पनि खतराको घण्टी मडारिरहेको छ ।
रवि लामिछानेविरुद्ध गत साल नै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी परेको हो । सूर्यदर्शन सहकारी सस्था लिमिटेडका पिडित बचतकर्ताले उनी विरुद्ध पुरक उजुरी दिएका हुन । त्यसैका आधारमा थप अनुसन्धान गर्दा रकम हिनामिनामा लामिछाने पनि संलग्न भएको प्रतिवेदन तयार भएको छ ।
सूर्यदर्शन सहकारीबाट रवि लामिछानेको नाममा १ करोड रुपैया र गोर्खा मिडियामा करिव ५ करोड रुपैयाँ गएको देखिएको छ । पुरक प्रतिवेदन तयार हुँदाताका लामिछाने गृह तथा उपप्रधानमन्त्री बनेकाले अनुसन्धान प्रभावित भएको प्रहरी उच्च श्रोत बताउछ ।
तर अहिले संसदीय छानविन समितिले नामै किटेर प्रचलित कानुन बमोजिम कारवाही गर्न सिफारिस गरेपछि र मन्त्रिपरिषद्ले कार्यान्वयनका लागि गृहमन्त्रालयमा फाइल पठाएपछि भने प्रहरीलाई प्रकृया अघि बढाउन दवाव परेको छ ।
प्रहरी उच्च श्रोतले थप अनुसन्धान र कारवाहीका लागि कास्की प्रहरीलाई लेखिपठाउने बताए पनि यो समाचार तयार पार्दासम्म कास्की प्रहरीलाई माथिल्लो निकायबाट केही निर्देशन आएको छैन ।
अहिलेसम्म केही निर्देशन आएको छैन– जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरीक्षक मोहन थापाले समाधानन्यूजसँग भने ।
सहकारीबाट गोर्खा मिडियामा अवैध तरिकाले मनिलौण्डरिङ भएको र त्यसको अधिकांश रकम रवि लामिछानेको एकल हस्ताक्षरमा चेक काटेर दुरुपयोग गरिएको छानविन समितिको निस्कर्ष छ । यसैका आधारमा रवि माथि अनुसन्धान अघि बढ्न सक्छ ।
विभिन्न मिडियामा कास्की प्रहरीलाई अनुसन्धान अघि बढाउन प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान महाशाखाले लेखिपठाउने भन्ने समाचार आएपनि अहिलेसम्म माथिबाट कुनै निर्देशन नआएको एसपी थापाले बताए । कस्तो खालको निर्देशन आउछ, त्यसै अनुसार अघि बढ्छौ– एसपी थापाले भने ।







पोखरामा बन्यो भैरव मन्दिर
पारिवारिक कथामा ‘हर्ष’
नेफिनको गोष्ठी
सम्पादकीय—प्रवासीलाई मताधिकार
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया