सरकारी षढ्यन्त्रविरुद्ध जुध्न कार्यकर्तालाई रवि लामिछानेको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूविरुद्ध भइरहेको षड्यन्त्रविरुद्ध जुनसुकै तहमा जानु परे पनि तयार रहन कार्यकर्तासँग आग्रह गरेका छन् ।
आइतबार राति पार्टी कार्यालय वनस्थली पुगेका समर्थकबिच लामिछानेले आफ्ना लागि नभएर नयाँ जन्मिँदै गरेको आशालाई जोगाउन एक ठाउँमा उभिनुपर्ने भनाइ राखे ।
उनले भने, आम सर्वसाधारण दिदीबहिनी दाजुभाइहरूलाई यो तहको षड्यन्त्रका विरुद्ध जुनसुकै तहमा जानुपरे पनि न्यायका लागि सत्यका लागि तयार रहनका निम्ति म अपिल गर्न चाहन्छु । मेरा लागि होइन, व्यक्तिका रुपमा रवि लामिछानेलाई बचाउनुपर्दैन, तर नयाँ जन्मिँदै गरेको यो आशा यो भरोसालाई चाहिँ जोगाउनुपर्छ साथी हो ।
उनले आफू राजनीतिक र नैतिकरूपमा जुनसुकै ठाउँमा सत्यका लागि लड्न तयार रहेको पनि बताए । तर, षड्यन्त्र गरेर लडाउने प्रयास भए प्रतिवाद गर्ने उनको चेतावनी छ ।
उनका व्यावसायिक साझेदार छविलाल जोशी आइतबार दिउँसो पक्राउ परेसँग रवि लामिछाने पक्राउ पर्ने आँकलन भइरहेको छ । यहि खबर बाहिरिएपछि रास्वपाका नेता कार्यकर्ता बनस्थलीस्थित मुख्यालयमा जम्मा भएका थिए ।
जोशीलाई हिजो ने पोखरा ल्याइएको छ । आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।
यसैबिच चिनियाँ कम्युनिस्ट पार्टीको अन्तराष्ट्रिय विभागको औपचारिक निम्तोमा १० दिने भ्रमणका लागि चीन गएको टोली आज फर्कने भएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको निम्तोमा स्विकारेर उपसभापति डा स्वर्णिम वाग्ले नेतृत्वमा १४ जनाको टोली १० दिनका लागि शनिबार रातिमा चीनका लागि उडेको थियो ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया