पोखरा आउन थाल्यो महाशिला गाँउपालिकाको तरकारी

पोखरा ।
पर्वतको महाशिला गाँउपालिकाको ताजा तरकारी पोखरा आउन थालेको छ । पालिकाका कृषकले उत्पादन गरेका स्थानीय तरकारीलाई प्रोत्साहन गर्न नियमित बजार सञ्चालन भइरहेको छ ।
पालिकाका विभिन्न महिला सहकारी समूहले तरकारी संकलन गरेर पोखरा १७ विरौटा स्थित समिक्षा फलफुल तरकारी पसलबाट बिक्री भइरहेको छ ।
विकासका लागि वातावरणीय संरक्षण सेवा (ईन्प्रेड) नेपाल र हेफर प्रोजेक्ट इन्टरनेसनल नेपालको बजार समन्वय, आर्थिक तथा प्राविधिक सहयोगमा तरकारी पोखरा ल्याइएको हो ।
नयाँ प्रविधिका माध्यमबाट ग्रामीण महिला उद्यमीहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले परियोजना सञ्चालन गरिएको ईन्प्रेडका अधिकारी गोविन्द आचार्यले बताए ।
स्थानीय, अर्गानिक कृषि उत्पादन वृद्धि गरी विभिन्न ठाउँमा संकलन तथा प्रशोधन केन्द्रको निर्माण गरी नियमित तरकारी विक्री गर्ने योजना रहेको उनको भनाइ छ ।

पालिकाले तरकारी विक्रीमा ५ रुपैयाँ र खसी बोका विक्रीमा २५ रुपैयाँ अनुदान दिएको आचार्यले जानकारी दिए । साथै करौडौंको खसी बोका निकासी भएको छ ।
पालिकामा काउलि, बन्दा, फर्सि, स्कुस, सिमी, बोडी, टमाटर, गाँजर, अदुवा, साग लगायतका तरकारी उत्पादन गरिएको छ ।
पोखरासहित कुश्मा लगायत विभिन्न ठाउँमा तरकारी संकलन गरेर गाँउपालिका अध्यक्षको रोहवरमा पठाइसकेको उनले बताए ।









यस्तो छ कांग्रेसको समानुपातिक सूची आयोगमा : अर्जुननरसिंहदेखि राष्ट्रपतिकी छोरीसम्म (सूचीसहित)
ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया