पर्यटन दिवसमा समाधानकर्मी सुन्दर थकाली पुरस्कृत

पोखरा । विश्व पर्यटन दिवसका अवसरमा हिमाल पारीको जिल्ला मुस्ताङबाट पत्रकारिता गर्दै आएका पत्रकार सुन्दर कुमार थकाली पुरस्कृत भएका छन् ।
मुस्ताङ जिल्ला अन्तर्गत रहेका पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार एवं पर्यटन प्रवर्धनमा पत्रकारिताको माध्यमबाट पुर्याएको योगदानको कदर गर्दै थकालीलाई नगद १० हजारसहित पुरस्कृत गरेको हो ।
पर्यटन तथा उद्योग कार्यालय मुस्ताङ र राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा पर्यटन तथा उद्योग कार्यालयले नगदसहित पुरस्कृत गरेको हो ।
संविधानसभा सदस्य श्रीमाया थकाली, पर्यटन तथा उद्योग कार्यालयका प्रमुख प्रेम पौडेल र एक्यापका कार्यालय प्रमुख प्रमोदराज रेग्मी लगायतका अतिथिहरुले पत्रकार थकालीलाई पुरस्कृत गरे ।
२०७० सालबाट आदर्शसमाज दैनिक पोखरादेखि पत्रकारिता सुरु गरेका पुरस्कृत पत्रकार थकाली समाधान दैनिक, एपिवान टेलिभिजन, अन्नपूर्ण पोष्टमा कार्यरत छन् ।
राजधानी दैनिक, इमेज टेलिभिजनमा पनि उनले काम गरिसकेका छन् । १२ वर्षदेखि कठिन भूगोलमा रहेर पत्रकारितामा निरन्तर क्रियाशील थकाली इमुस्ताङन्यूज डटकमका सञ्चालक पनि हुन् ।
पत्रकार महासंघ मुस्ताङका अध्यक्ष थकालीले यसअघि विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन् ।
पर्यटन र शान्ति नाराका साथ शुक्रबार ४५ औं विश्व पर्यटन दिवस मनाइँदैछ । जोमसोम विमानस्थलमा पर्यटकहरुको स्वागत गरी विमानस्थलदेखि जिल्ला समन्वयसमितिको सभाहलसम्म बाजागाजासहित बजार परिक्रमा गरी प्रभातफेरी कार्यक्रम पनि आयोजना गरिएको छ ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया