अपांगता भएका ३४ सहित ९४ इजरायलीले गरे अन्नपूर्ण फेरोको पदयात्रा

पोखरा । अपांगता भएका ३४ जनासहित ९४ जना इजरायली पदयात्रीको समूहले अन्नपूर्ण फेरोमा पदयात्रा गरेको छ । १२ जना ह्विलचेयरको सहायता आवश्यक भएका तथा अन्य २२ जना अपांगता भएकासहितका पर्यटकले बिहीबार पदयात्रा सम्पन्न गरेका हुन् ।
उक्त टोलीले सेप्टेम्बर १८ मा यात्रा थालेको गरेको थियो । बिहीबार अर्थात् सेप्टेम्बर २६ को दिन उक्त पदयात्रा सफलतापूर्वक सम्पन्न भएको हो । उक्त टोलीले समुद्री सतहदेखि ११ हजार १ सय ४५ फिट उचाइमा मनाङमा हुम्दे विमानस्थलसम्म हवाई मार्गबाट यात्रा गरी त्यसपछि पदयात्रा सुरु गरेको थियो ।
यात्राको क्रममा पदयात्रीहरूले मनाङमा २ रात स्थानीय संस्कृति र परिकारको रमाइलो गर्न बिताए । उनीहरूले ५ हजार ४ सय १६ मिटर अग्लो थोरङला पास सफलतापूर्वक पार गरेका थिए ।
पदयात्रीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूत हनन गोडर र नेपाल पर्यटन बोर्डका तर्फबाट लक्ष्मण गौतमले स्वागत गरे ।









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया