रिडर्स कर्नरमा दसैं लक्षित किताब मेला

पोखरा । किताब पढ्ने र किताबका कुरा गर्नेहरूको जमघट भइरहने रिडर्स कर्नरमा दशै किताब मेला सुरु भएको छ। पोखराको न्युरोडस्थित रिडर्स कर्नरमा किताब खरिद गर्दा छुटको व्यवस्था गरिएको हो।
यसअघि पनि रिडर्स कर्नरले पाठकहरूलाई किताब खरिद गर्दा छुट दिँदै आएको छ। ‘आठौँ रिडर्स अपर्चुनिटी मेला’ नाम दिइएको किताब मेलामा पाठकहरूले नेपाली, अँग्रेजी, हिन्दी भाषामा लेखिएका विविध विधाका किताब खरिद गर्न सक्ने छन्।
किताब खरिद गर्दा १ हजार ९ सय ९९ रूपैयाँसम्मको किताब खरिद गर्दा १० प्रतिशत, २ हजार देखि ३ हजार ४९९ रूपैयाँसम्मको किताब खरिद गर्दा १५ प्रतिशत छुट पाउने छन्। यसैगरी ३५ सयदेखि ४ हजार ९९९ रूपैयाँसम्म किताब खरिद गर्दा २० प्रतिशत र ५ हजार रूपैयाँ भन्दा माथि २५ प्रतिशतसम्म छुट पाइने रिडर्स कर्नरका सञ्चालक भावना थपलियाले जानकारी दिइन्।
“रिडर्सले यसअघिका वर्षमा पनि दशैँको मौका पारेर किताब खरिदमा छुटको व्यवस्था गर्दै आइरहेको छ। सधैँ जस्तो यसपालि पनि किताब खरिद गर्दा छुटको व्यवस्था गरेका छौँ,” उनले भनिन्, “पाठकहरूले आएर जुन विधाको किताब मन पर्छ छानीछानी किताब किनेर, उति नै छुट पनि पाउन सक्नुहुनेछ।”
असोज १ देखि शुरू भएको किताब मेला असोज २४ गतेसम्म चल्ने छ। रिडर्स किताब मेलाको फाइदा उलेख्य पाठकहरूले लिइरहेका छन्








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया