गोरखाबाट काठमाडौं हिडेको बस शुक्रबार रातिदेखि वेपत्ता
समाधान संवाददाता
२०८१ असोज १३ गते ८:५६
पोखरा ।
शुक्रबार गोरखाको धार्चे गाउँपालिका–७ लापुबेसीबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस सम्पर्कविहीन भएको छ ।
शुक्रबार रातिदेखि बस कहाँ छ भन्ने नखुलेको गोरखा दरौंदी यातायात सेवा प्रालिका अध्यक्ष नारायण खत्रीले बताए ।
उक्त यात्रुवाहक बस शुक्रबार बिहान ७ बजे लापुबाट छुटेको उनले बताए । ‘शुक्रबार राति करिब १० बजे धादिङको खानीखोलासम्म सम्पर्कमा रहेको बस त्यसयता सम्पर्कविहीन बनेको छ,’ उनले भने । खोजीका लागि प्रहरीलाई पनि आग्रह गरिएको उनले बताए । बसमा कति यात्रु थिए भन्ने यकिन भएको छैन ।
यो समाचार ekantipur ले समाचार प्रकाशन गरेको छ
सम्बन्धित







मुक्तिनाथ नजिकै बनाएको हाइअल्टिच्युड केन्द्र बेकामे
पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया