बाढीले १३ किलोमिटर सडकमा क्षति

म्याग्दी ।
दुई दिनदेखिको लगातारको झरीका कारण मुस्ताङमा क्षति पुगेको छ । झरीका कारण सडक, नदी नियन्त्रण आयोजना र खेतीबालीमा बाढी पसेर क्षति पुगेको हो ।
बेनी–जोमसोम–कोरला सडकको जोमसोम–छुसाङ र कागबेनी–मुक्तिनाथ सडकमा पाखोबाट गेग्रानसहितको बाढी आएर भत्काएको छ । पहिरोले यसै हप्ता कालोपत्र भएको १३ किलोमिटर लामो जोमसोम–कागबेनी सडकमा क्षति पुर्याएको वारागुङ मुक्तिक्षेत्र गाउँ कार्यपालिकाका प्रवक्ता प्रमेश गुरुङले जानकारी दिए ।
शनिबार दिनभर जोमसोम–कोरला र कागबेनी मुक्तिनाथ सडक अवरुद्ध हुँदा स्थानीयवासी, सोह्रश्राद्धमा कागबेनीमा पिण्डदान गर्न र मुक्तिनाथ दर्शन गर्ने तीर्थयात्री तथा पर्यटकलाई आवतजावत गर्न समस्या भएको थियो । बेनी–जोमसोम–कोरला सडक आयोजना र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले डोजरको सहायतामा अवरुद्ध सडक खुलाएको प्रवक्ता गुरुङले बताए ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ फलेकको स्याउ बारीमा पाखोबाट आएको बाढी पसेर क्षति पुगेको छ । स्याउ बगैँचा, आलु र जौँबालीमा बाढी पसेर क्षति पुगेको वडाध्यक्ष सुरेन्द्र गुरुङले बताए । भित्र्याउने बेलाको खाद्यबाली, बजार पठाउने तयारी गरेको आलु र स्याउमा क्षति पुग्दा किसान मारमा परेका छन् ।
यसैगरी जोमसोममा कालीगण्डकी नदी नियन्त्रण आयोजनाको काम गरिरहेको निर्माण कम्पनीको डोजर खोलामा फसेको छ ।









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया