२५ गते बाँझापाटनमा कालरात्री फेस्टिभल हुने

पोखरा ।
पोखरा १३, बाँझापाटनमा रहेको सत्य युवा सेवा समितिले आउँदो असोज २५ गते १९ औं संस्करणको ‘कालरात्री म्युजिकल फेस्टिभल–२०८१’ आयोजना गर्ने भएको छ ।
सत्य युवा सेवा समितिका अध्यक्ष हितमान गुरुङ अनुसार कालरात्री म्युजिक फेस्टिभलमा पूर्ण राई एण्ड दाजुभाइहरु,दी ड्रिमेज ब्याण्ड, नेपाल आइडलको अन्तिम ५ मा पुगेका मानव परियार, रोहनजंग कार्कीलगायतको प्रस्तुति रहने छ ।
सो कार्यक्रमको संचालन चाहिँ आयुष श्रेष्ठले गर्नेछन् । गीत–संगीतमार्फत् मनोरञ्जन प्रदान गर्नुका साथै युवाहरुलाई रचनात्मक कार्यमा लगाउने उद्देश्यले कालरात्री म्युजिक फेस्टिभल आयोजना गरिएको अध्यक्ष गुरुङको भनाइ छ ।
‘कालरात्री म्युजिक फेस्टिभल परम्पराको निरन्तता पनि हो, युवाहरुलाई एकै ठाउँमा भेला गराउने अवसर पनि हो,’अध्यक्ष गुरुङले भने,‘ बाँझापाटनमै हुने कार्यक्रमको अनलाइन टिकट बुकिङ सुरु भइसकेको छ ।
टिकट दर ५ सय र १ हजार कायम गरिएको छ । फेस्टिभल आयोजना गर्न हामीलाई विभिन्न व्यापारिक प्रतिष्ठान एवं संघ/संस्थाको सहयोग रहेको छ । सबैजसो तयारी पनि तीव्र गतिमा अगडि बढिरहेको छ ।








पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
रास्वपाद्वारा गण्डकी प्रदेशका समानुपातिक उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया