‘सुनौलो गण्डकी, समुन्नत गण्डकी’ कसरी बनाउने ?

समाधान संवाददाता २०८१ असोज १४ गते १३:००

पोखरा । ‘पर्यटकीय राजधानी हुँदाहुँदै पनि विकासको मोडल के हो भन्ने थाहा छैन,’ टानका अध्यक्ष कृष्ण आचार्यले गुनासो गरे, ‘योजनालाई अक्षरश पालना र कार्यान्वयन कहिले हुन्छ ? सम्बन्धित निकायले कुरा मात्र गर्ने चासो नै नदिएर समुन्नत बन्छ त ?’
नेपाल आदिवासी जनाजाति महासंघ प्रदेश समन्वय समिति गण्डकीका अध्यक्ष धर्म तमुले आदिवासीलाई पाखा लगाएर प्रदेश समुन्नत हुन नसक्ने तर्क राखे । ‘गण्डकी प्रकृति र संस्कृतिमा धनि प्रदेश हो । हरेक तहमा समान सहभागिता हुनुपर्छ । के हामीलाई झाँकी र भेषभूषासहितको र्यालीका लागिमात्र हो डाक्ने ?, उनले प्रश्न गरे ।

Advertisement

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जवाफिदै प्रदेशलाई सुनौलो र समुन्नत बनाउन सरकार लागिपरेको बताए । उनले पर्यटन र कृषिलाई मुख्य प्राथमिकतामा राखेर प्रदेशका कार्ययोजनाहरु अघि सारेको स्पष्ट पारे । ‘हामीले गण्डकीलाई आत्मनिर्भर र समुन्नत गण्डकी बनाउन सम्भावना भएअनुरुप दुइटा क्षेत्र छन्,’ एउटा पर्यटन र अर्काे कृषि, मुख्यमन्त्री पाण्डेले भने, ‘अहिले गाउँबाट सहर झर्ने र सहरबाट विदेश पलायन हुने समस्या देखिएको छ । त्यसैले यसलाई सम्बोधन गर्ने भनेको पनि यही दुइवटै क्षेत्र हो । त्यसैले यसको क्षेत्रमा काम गरिरहेका छौं ।’ उनले कृषिलाई व्यावसायीकरण गर्दै कृषिलाई उद्योगको रुपमा विकास गरेर विदेशिएका युवाशक्तिलाई रोक्न सकिने बताए ।

‘कृषिलाई व्यवसायीकरण गरेर कृषि उद्योगको स्थापनामार्फत रोजगारीको अवसर सिर्जना गर्न सकियो भने युवाहरु देशमै अडिन्छन् र गण्डकीमा पर्यटनको आधारशिला तयार भइसकेको छ, यस क्षेत्रलाई पनि व्यापक प्रवद्र्धन गरेर थप चलायमान बनाउन सकियो भने अर्थतन्त्रमा वृद्धि हुन जान्छ,’ उनले भने, ‘त्यसैले अहिले हामीले यी दुई क्षेत्र कृषि र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेका छौं ।’

गण्डकी प्रदेश संसदीय दल माओवादी केन्द्रकी प्रमुख सचेतक कुसुम बुढा मगरले महिलाको दृष्टिकोणमा सुनौलो गण्डकी समुन्नत गण्डकीको विषयमा धारणा राखिन् । उनले प्रदेशलाई समुन्नत बनाउन महिला सशक्तीकरणको जरुरी रहेको बताइन् । कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेल, गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटा, नेपाल पर्यटन बोर्ड प्रदेश कार्यालय गण्डकीका प्रमुख कुन्दन मिश्रले कार्यपत्र प्रस्तुत गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया