छविलाललाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा रिट

समाधान संवाददाता २०८१ असोज १४ गते १४:२८


पोखरा । रवि लामिछानेका व्यावसायिक साझेदार पूर्व डिआइजी छविलाल जोशीलाई गैरकानुनी थुनामा राखेको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ।

Advertisement

गोर्खा मिडियामा सहकारीको पैसा अपचलन गरेको अभियोगमा पक्राउ परेका जोशीका तर्फबाट रोचक जोशीले निवेदन दर्ता गरेका हुन् । आइतबार सर्वोच्चमा दर्ता भएको निवेदन आज प्रारम्भिक सुनुवाइका लागि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा परेको छ ।

पोखराको सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा काठमाडौंमा पक्राउ परेका उनलाई पोखरा ल्याएर थुनामा राखिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिलको रोहबरमा बयान उनकाे बयान लिइसकेको छ ।

Advertisement

Advertisement

तपाईको प्रतिक्रिया