कास्कीको रुपामा बजार अनुगमन

पोखरा । कास्कीको रुपा गाउँपालिकामा आज बजार अनुमगन गरिएको छ । गाउँपालिकाका अध्यक्ष नवराज ओझाको नेतृत्वका रुपाको वडा नम्बर ५ को देउराली र वडा नम्बर ६ को भीरचोकमा बजार अनुगमन गरिएको हो । २ ठाउँमा गरी २५ वटा पसलमा अनुगमन गरिएको रुपाका सूचना अधिकारी लोकनाथ पौडेलले जानकरी दिए ।
बजार अनुमगन गर्दा धेरै पसलमा मूल्य सूची नटाँसेको पाइएकाले तत्काल टाँस्न भनिएको पौडेलले बताए । आज अनुगमन गर्दा म्याद गुज्रेको कुनै बस्तु नभेटिएको पौडेलले भनाइ छ ।
खाद्यान्न, फ्रेस हाउस, कस्मेटिक, फेन्सी लगायत विभिन्न पसलमा अनुगमन गर्दा केही खाद्यान्न पसलमा उत्पादन सम्बन्धी केही पनि उल्लेख नगरिएका खाद्य बस्तुलाई नष्ट गरिएको गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालले जानकारी दिए ।
गाउँपालिकामा व्यवसाय दर्ता गरेर नवीकरण नगरेका १४ वटाको व्यवसाय नवीकरण समेत गरिएको र कतिपयले आन्तरिक राजश्व कार्यालय दर्ता नगरी व्यवसाय सञ्चालन गरेकाले त्यहाँपनि दर्ता गर्न सुझाइएको बरालले बताए ।
मासु तथा खाजा पसलमा सरसफाइ राम्रो पाइएको अनुगमन टोलीले बताएको छ । व्यावसायीलाई व्यवसाय सञ्चालन सम्बन्धी सचेतना कार्यक्रम बेला बेलामा गाउँपालिकाले गर्दै आएको अध्यक्ष ओझाको भनाइ छ । बजार अनुगमनले व्यवसायी र उपभोक्ता दुबैमा बस्तु बिक्री र खरिदप्रति सचेतना बढेको आझाले बताए । चाड पर्वको अवसरमा मात्र नभइ नियमित रुपमा नै बजार अनुगमन गर्ने नीति गाउँपालिकाले लिएको उनको भनाइ छ । रुपा गाउँपालिकामा साढे सात सय पसल दर्ता भएका छन् ।
बजार अनुगमनमा वडा नम्बर ५ का अध्यक्ष राजन खनाल, वडा नम्बर ६ का अध्यक्ष नारायण गुरुङ, खाद्य प्रविधि तथा गुण निण्न्त्रण कार्यालय कास्कीका खाद्य प्रविधि अधिकृत दीपक कुँवर, पत्रकार तथा सुरक्षाकर्मी सहभागी थिए ।









४ महिनामा करिब ७ खर्ब रेमिट्यान्स भित्रियो
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
मिस तामाङ पोखरा सुरु, तामाङ समुदायका १२ युवती सहभागी
भान्साको मिक्सरबाट सुरु भएको ‘मामुछोरी’ को लोभलाग्दो उद्यम यात्रा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया