देवकुमार नेपालीको बयान सकियो, आज थुनछेक बहस

समाधान संवाददाता २०८१ असोज १४ गते १९:१४

पोखरा । बागलुङ र पोखरामा कार्यालय रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीको सोमबार जिल्ला अदालत बागलुङमा बयान भएको छ । भारतको नयाँदिल्लीमा पक्राउ परेर काठमाडौं पोखरा हुँदै उनलाई आइतबार साँझ बागलुङ लगिएको थियो ।

Advertisement

उनलाई सोमबार जिल्ला अदालत बागलुङमा पेस गरिएको हो । पेस गरेलगत्तै उनको बयान थालिएको हो । आज बयान सकिएकाले मंगलबार थुनछेक बहस हुने अदालतले जनाएको छ । सहकारीको रकम अपचलन गरेपछि नेपाली डेढ वर्षदेखि फरार थिए ।

उनले इमेज सहकारीको १ अर्ब ८० करोड ठगी गररे फरार भएका थिए । नेपालीले सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिलाई हुलाकमार्फत पत्र पठाउँदै मुद्दा फिर्ता लिएर ऋण तिर्ने वातावरण बनाइदिन आग्रह गरेका थिए ।

उनीसहित ११ जनाविरुद्ध २०८० असार २५ गते जिल्ला सरकारी वकिलको कार्यालय बागलुङले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । नेपाली ०७९ को स्थानीय तह निर्वाचनमा एमालेबाट मेयरमा निर्वाचित भएका थिए । नेपालीले सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिलाई हुलाकमार्फत पत्र पठाउँदै मुद्दा फिर्ता लिएर ऋण तिर्ने वातावरण नबाइदिन आग्रह गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया