चाँदीका अवैध गहनासहित पोखराको मजुवाबाट भारतीय नागरिक पक्राउ
समाधान संवाददाता
२०८१ असोज १५ गते ५:१७

पोखरा । कास्की प्रहरीले चाँदीका गरगहनासहित भारतीय १ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पूर्वी चम्पारण घर भई हाल पोखराको नयाँबजार बस्ने ३५ वर्षे चन्द्रभूषण प्रसाद छन् ।
भारतीय नागरिकले अवैध रुपमा चाँदीका गरगहनाहरु ओसारपसार गरी रहेको भन्ने सूचनाको आधारमा प्रहरीले पोखरा महानगरपालिका वडा नं.३२ मजुवा स्थित पृथ्बी राजमार्ग सडक खण्डमा सवारी साधन चेकजाँच गरेको थियो ।
त्यसैक्रममा पोखरातर्फ आउँदै गरेको मिनिबसबाट गहनासहित चन्द्रभूषणलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीसँगबाट प्रहरीले ५ किलो ६९० ग्राम चादीका गहना वरामद गरेको छ । गहनाको प्रमाण खुल्ने कुनै कागजात (बिल) समेत नभएकाले उनलाई ती गरगहना सहित पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया