गोदरेजको मनैदेखि वाउ अभियान

पोखरा । वातावरणमैत्री ब्रान्ड गोदरेजले आफ्नो दसैं र तिहार लक्षित अभियान, मनैदेखि वाउ जारी गरेको छ । ग्राहकहरूलाई गोदरेज होम एप्लायन्सको खरिदमा रियल क्यासब्याक र पक्का उपहारकासाथ खुसी बाढ्ने उद्देश्यसहितसो योजना ल्याइएको हो ।
मनैदेखि वाउ अभियान अन्तर्गत ग्राहकले ३१ हजार ५ सयसम्मको आकर्षक क्यासब्याक र ग्यारेन्टी उपहार प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले टपलोड, ट्विनटब वासिङ मेसिन खरिद गर्दा तीन लिटर निःशुल्क एरियल डिटर्जेन्ट लिक्विडर, माइक्रोवेभ ओभन खरिद गर्दा निःशुल्क कुकिङ किट प्राप्त गर्न सक्ने छन् ।
ग्राहकहरूले गोदरेज सिंगलडोर रेफ्रिजरेटर, डबलडोर रेफ्रिजरेटर, साइड–बाई–साइड रेफ्रिजरेटर, चेस्टफ्रिजर, माइक्रोवेभओभन, वासिङ मेसिन र एयरकन्डिसनरहरू खरिद गर्दा आकर्षक क्यासब्याकको मजा लिन सक्नेछन् ।
अभियान नेपालभर सीमित अवधिका लागि लागु हुने बताइको छ । नेपालमा गोदरेजको घरायसी उपकरणहरु चौधरी ग्रुपअन्तर्गत सिजी इलेक्ट्रोनिक्सले बिक्री वितरण गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया