गण्डकीमा टेकबल नामक नयाँ खेल भित्रियो, कस्तो खेल हो टेकबल ? (भिडियोसहित)

समाधान संवाददाता २०८१ असोज १५ गते १४:०२

पोखरा ।

Advertisement

विश्व खेल बजारमा भर्खरै भित्रिएको खेल टेकबल गण्डकी प्रदेशमा पनि भित्रिएको छ । मंगलबार पोखरामा सम्पन्न खेलकुद प्रेमीहरुको एक भेलाले नेपाल टेकबल संघ गण्डकी प्रदेश तदर्थ समिति गठन गरेको छ ।

तदर्थ समितिको अध्यक्षमा सुजन आचार्य चयन भएका छन् । समितिको उपाध्यक्षमा पोषणबहादुरर थापा, सचिवमा सन्तोष रेग्मी, कोषाध्यक्षमा सुजा गुरुङले जिम्मेबारी पाएका छन् भने सदस्यहरुमा दीपकराज भण्डारी, धर्मेन्द्र कुमार घोडासैनी, सुदीप आचार्य, मन्जू क्षेत्री, आशिष श्रेष्ठ, तिलबहादुर सेन र प्रकाश थापा चयन भएका छन् ।

टेकबल एक दमै नयाँ खेल हो । २०१४ सालबाट शुरुवात गरिएको यो खेल टेबल टेनिसको कोर्टमा खेलिने फुटबल हो । हंगेरीका ३ जना फुटबल खेलाडीहरुले यो खेलको आविस्कार अर्थात परिकल्पना गरेका हुन् ।

सानो ठाउमा पनि फुटबल जस्तै खेलेर शारिरिक ब्यायाम हुने भएकाले पछिल्लो समय यो खेल लोकप्रिय बन्दै गएको छ । हंगेरीबाट सुरुवात भएको टेकबल विश्वभर फैलने क्रममा छ । सानो ठाउमा पनि खेल्न सकिने भएकाले र घाइते हुने सम्भावना निकै कम भएकाले यो द्रुतगतिमा बिस्ता भैरहेको छ ।

Advertisement

टेलब टेनिसमा जस्तै यो टेकबल पनि सिंगल र डबल गरी २ वटा इभेन्ट हुन्छ । बललाई खुट्टा र टाउकोले हानेर कोर्ट कटाउनु पर्छ । खेलका बारेमा थप जानकारी पाउनका लागि तल भिडियो हेर्नुहोस् ।

तपाईको प्रतिक्रिया