ज्येष्ठ नागरिकलाई पोखरा महानगरको सम्मान

पोखरा । पोखरा महानगरपालिकाले ३४ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस अवसरमा महानगरका २ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । सो अवसरमा १०६ वर्षीया बसुन्धरा बराल र १०३ वर्षीय देवीदत्त तिवारीलाई महानगरले उनीहरुकौ निवासमा पुगेर सम्मान गरेको हो ।
पोखरा १३, काहुँखोलाकी बराललाई पोखरा महानगरका कावा प्रमुख मञ्जुदेवी गुरुङ र पोखरा १३ का वडा अध्यक्ष किरण बरालले नगद १४ हजार, सम्मानपत्र, माला र दोसल्ला ओढाएर सम्मान गरे । यस्तै, पोखरा ३१ का वडाध्यक्ष ढकनाथ कँडेलले ज्येष्ठ नागरिक पिताका रुपमा तिवारीलाई नगद, माला र दोसल्ला ओढाएर सम्मान गरे ।
महानगरले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस अवसरमा प्रत्येक वर्ष ‘नगर पिता’ र ‘नगर माता’ रुपमा सम्मान गर्दै आएको छ ।
उपप्रमुख गुरुङले ज्येष्ठ नागरिकलाई माया, सद्भाव र सम्मान व्यक्त गर्नुपर्ने बताइन् । ज्येष्ठ नागरिकलाई परिवारका सदस्यले कुनै दुःख कष्ट नदिई पालनपोषण गर्नुपर्नेमा जोड दिँदै संविधानले ज्येष्ठ नागरिकको संरक्षणका बारेमा स्पष्ट व्यवस्था गरेको बताइन् । स्थानीय सरकार पोखरा महानगरले पनि ज्येष्ठ नागरिकको क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको उनको भनाइ थियो ।
वडाध्यक्ष किरण बरालले आफ्नै वडाको ज्येष्ठ नागरिकलाई सम्मान पाउनु सुखद भएको बताउँदै सम्मानित व्यक्तित्वको सुस्वास्थ्य र दीर्घायुको कामना गरे । कार्यक्रममा पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखाका अधिकृत मञ्जु ढुंगाना, महिला विकास अधिकृत बेलकुमारी गुरुङलगायत बोलेका थिए ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया