‘ग्रेट हिमालयन ट्रेल तल्लो खण्ड’ वृत्तचित्र प्रदर्शन

समाधान संवाददाता २०८१ असोज १६ गते १३:२६

पोखरा ।
‘ग्रेट हिमालयन ट्रेल तल्लो खण्ड’को पदयात्रा सम्बन्धि वृत्तचित्र शनिबार सिटी म्याक्स सिनेमा हलमा प्रदर्शन गरिएको छ । त्रिभुवन विश्वविद्यालय ग्रामीण विकास केन्द्रिय विभागका उप प्राडा राजन बिनाएक पासा र धादिङ गल्छी गाउँपालिका ३ स्थित कल्लेरी माविका शिक्षक लिलाबहादुर बिश्वकर्माले वृत्तचित्र निर्माण गरेका हुन् ।

Advertisement


छोटो समयमै यात्रा पार गर्न, पदयात्रा गर्न चाहाने पदयात्रीलाइ आकर्षित गर्न, सो रुटमा पर्ने स्थानीयको जनजिविकाको अवस्था अध्ययन अनुसन्धान गर्न, सहज रुट पहिचान गर्न, साथै वृतचित्र निर्माण गरेर अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने उदेश्यले पदयात्रा गरिएको उनीहरुको भनाइ छ । गत वर्ष कात्तिक १३ गते सुरु गरेर २७ जिल्ला ४१ दिनमा पार गरेको उनीहरुले बताए ।


प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले शिक्षक पेशामा रहेर केही गरौं भन्ने हुटहुटीले गरेको महान पदयात्राको लागी प्रंसम्शा गर्दै फेरि पनि यस्ता काम निरन्तरता दिन आग्रह गरिन् ।

Advertisement


पर्वतारोही माया गुरुङले राज्यले गर्नुपर्ने काम व्यक्तीले आफ्नै खर्चमा गर्दा पनि राज्यले बेवास्ता गरेकोमा दुखेसो गर्दै राज्यले पर्यटनसँग सम्बन्धित काम गर्दा पर्यटन विज्ञसँग मिलेर काम गरे फलदायी हुने विचार राखिन् ।


प्राडा प्रेम शर्माले २१ औ शताब्दीमा शिक्षण पेसा व्यवहारिक बनाउनुपर्ने बताउँदै यस्ता वृत्तचित्रले नयापुस्तामा आकर्षण बढ्ने बताए । कार्यक्रममा पदयात्री लिलाबहादुर बिश्वकर्माले पदयात्राको उदेश्यमाथी प्रकाश पारेका थिए ।

Advertisement


ग्रामीण पर्यटनविद प्राडा प्रेम शर्मा, म्याग्दी मालिका गाउँपालिका प्रमुख बेगप्रसाद गर्बुजा, पर्यटनविद भरतप्रसाद बडाल लगायत पर्यटन व्यवसायी तथा सामाजिक व्यक्तित्वहरुको उपस्थिति थियो ।


निर्माता डा राजनले आगामी दिनमा पनि यस्तै कामलाइ निरन्तरता दिने बताए । कार्यक्रमको सञ्चालन दुर्गाराज पान्डेले गरेका थिए । यो साहसीक पदयात्रा सम्बन्धि वृतचित्र rajan pasa Youtube Channel मा हेर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया