बिन्ध्यवासिनी बसपार्कमा सहायता कक्ष

समाधान संवाददाता २०८१ असोज १७ गते १०:३९

पोखरा ।
जिल्ला ट्राफिक कार्यालय कास्कीको पहलमा पोखराको विन्ध्यवासिनी बसपार्कमा यात्रु सहायता कक्षा राखिएको छ । जिल्ला प्रशाशन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्य तथा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा वगर र पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिको सहयोगमा यात्रु सहायता कक्ष राखिएको हो ।

Advertisement


वडा प्रहरी कार्यालय बगर र अस्थायी ट्राफिक पोष्ट बगरको निगरानीमा रहने उक्त यात्रु सहायता कक्ष चाडपर्वलाई लक्षित गरेर राखिएको हो । कार्यक्रममा वडा प्रहरी कार्यालय वगरका प्रमुख प्रहरी निरीक्षक देवराज भट्टराईले यात्रुको सहजताका लागि नै यात्रु सहायता कक्ष राखिएको बताए ।


‘चाडपर्वमा यात्रुहरु जिल्ला बाहिर जाने क्रम र भित्रने क्रम बढ्दो हुन्छ,’ भट्टराईले भने, ‘यात्रा गर्दा यात्रुका समस्यालाई सम्बोधन गर्नका लागि नै कक्ष स्थापना गरिएको हो ।’ उनले चालक दललाई संवेदशनशील वनेर यात्रुहरुलाई सेवा दिन आग्रहसमेत गरे ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा वगरका अध्यक्ष रामप्रसाद अधिकारीले यात्रुहरुले केही समस्या परेमा निर्धक्क भएर यात्रु सहायत कक्षबाट सहयोग लिन आग्रह गरे ।

Advertisement


नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेशका सहसचिव वालकृष्ण पोख्रेलले सवारी साधनमा यात्रुलाई सेवा दिँदा विशेष ख्याल गर्न आग्रह गरे । अस्थायी ट्राफिक पोस्ट बगरका इन्चार्ज प्रहरी नायब निरीक्षक भीमबहादुर खत्रीले यात्रुसँग प्रत्यक्ष जोडिने काम कक्षले गर्ने जनाए ।

Advertisement

तपाईको प्रतिक्रिया