पोखराबाट बिहानै साढे ४ बजेदेखि हवाई उडान सुरु

पोखरा ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट एकाबिहानै हवाई उडान सुरु भएको छ । हवाई चापलाई मध्येनजर गर्दै पोखरादेखि बिहान ४ : ३० बजेदेखि उडान सुरु भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबारदेखि नै बिहानैदेखि उडान थाल्ने जानकारी गराएको थियो ।
चाडपर्वसँगै गत शुक्रबार र शनिबार परेको अविरल वर्षाले बाढी र पहिरोको जोखिम बढेपछि जहाजबाट उडान भर्ने ह्वात्तै बढेका छन् । यात्रुको चापलाई मध्येनजर गर्दै बिहानैदेखि उडान सुरु गरिएको हो ।
उपकरणको सहायताबाट उडान हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भद्रपुर, विराटनगर, जनकपुर, नेपालगञ्ज र धनगढी विमानस्थलबाटै सुरु भएको हो ।
पोखरा विमानस्थलका सूचना अधिकारी जसोदा रेग्मी सुवेदीले साढे ४ बजेदेखि नै विमानस्थल सञ्चाालनको तयारी भएको जानकारी दिइन् । अरु बेला विमानस्थलको जनशक्ति साढे ५ बजे आएर ६ बजे सञ्चालन गथ्यौं,’ उनले भनिन्,‘आज ४ बजे आएर साढे ४ बजे देखि नै विमानस्थल सञ्चालन भएको हो ।’
यसअघि पोखरा विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म १८ घण्टा सञ्चालन हुँदै आएको थियो । अब कात्तिक १ गतेसम्म साढे १३ घण्टा सञ्चालन हुनेछ उनले जानकारी दिइन् । मंगलबार काठमाडौंबाट दुईतर्फी ३ सय ३५ वटा उडान भएका थिए भने यी उडानबाट १८ हजार १ सय ३७ यात्रुले यात्रा गरेका थिए ।
तपाईको प्रतिक्रिया