पोखरामा ब्युटी एण्ड कस्मेटाेलाेजी सम्बन्धि अन्तर्किया हुँदै

समाधान संवाददाता २०८१ असोज १७ गते १९:१२

पाेखरा ।

Advertisement

नेपालमा  सिटिभिटीले पहिलो पटक सञ्चालन गर्न लागेको ३ वर्षीय  डिप्लोमा तहको कार्यक्रम बियुटी एण्ड  कस्मेटाेलाेजी बारे  पोखराकाे सिटि स्क्वायर ब्यान्क्युट न्यूरोडमा  अन्तक्रिया हुने भएकाे छ । असोज १९ गते शनिबार बिहान ९ बजेदेखी १२ बजे सम्म नेपालमै पहिलोपटक सिटिभिटी, सौन्दर्यकर्मी तथा सरोकारबिच अन्तर्किया हुन लागेकाे हाे ।

गण्डकी टेक्निकल ईन्स्टिच्युट पोखराले गुरुङ ब्युटी एकेडेमी तथा सिटिइभिटीको सहकार्यमा कार्यक्रममा गर्न लागेको हो । कार्यक्रममा सिटिभिटीका निर्देशक टैलेन्द्र आचार्य, सिटिभिटी क्षेत्रीय निर्देशक कल्पकुमार बस्नेत,  बरिस्ठ सौन्दर्य कर्मी चिनु गुरुङ, पबित्रा घिमिरे, विभिन्न संघ सस्थाका प्रतिनिधिहरु तथा पोखराका विभिन्न सौन्दर्य कर्मीहरु, विभिन्न सन्चारकर्मी तथा सरोकारवालाहरुको बिच अन्तर्किया गर्न लागिएकाे हाे ।नेपालमै पहिलो पटक यो कार्यक्रमको पढाई सञ्चलन हुन लागेकाे दाबी गरिएकाे छ । यसअघस लाखौं खर्चेर इन्डिया, थाइल्यान्ड, अस्टेरलिया, दुबै, अमेरिका, बेलायत जानुपर्ने बाध्यता थियो । १२ कक्षा सरह ३ वर्षीय डिप्लोमा कोर्ष अध्ययन गरि सकेपछि नेपालममै स्वरोजगार बन्न सकिने सस्थाका अध्यक्ष ध्रुव शर्माले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया